लघुकथा -' के तीज छोरीचेलीलाई मात्र आउँछ ' ?

लघुकथा -"के तीज छोरीचेलीलाई मात्र आउँछ ?" आचार्य प्रभा

तीज नजिकै आएकोले मिना माइेती आउने खबरले उस्की आमा बडो हर्षित र बेचैन थिइेन्,छोरीको प्रतिक्षामा । निक्कै चुस्तीफुर्तीकोसाथ घरमा अर्‍हाइेकराइे गरिरहेकी थिइेन् । यता बुहारीपनि धेरै बर्षपछी माइेती जान पाउने खुशीमा हर्षित हुँदै आफ्नो तयारीमा लागेकी थिइे ।
 
"ए...,दुलही कहाँ छेस् ? छिटोचाँडो गर् । आज मिना आउँदैछिन्,दर खान। खानापिनाको तयार गर्नुपर्छ । "
 
बुहारीलेपनि जवाफमा भनी । "आमा,मैले सबै तयार गरिसकें । मैलेपनि त छिटोचाँडो गरेर माइेती जानु छ नि ।" 
बुहारीको जवाफले सासुले झन्किइेंदै भनिन् । "कस्तो लाज पचेको कुरा गर्छेस् ? आज नन्द माइेती आउने तीजको दर खान । तँ चाँही घर छाडेर बाहिरिइेने ? त्यो नन्दले के भन्ली ? म आउनु,भाउजु नहुनु भनेर चित्त दुखाउँदिन ?" 
 
बुहारीले सुस्तरी भनी । "आमा वहाँलाई झैं मेरी भाउजुलाईपनि तीज लाग्यो भनेर सोंच्नु होला नि मेरी नन्दले । चित्त त, नदुखाउनु पर्ने हो कि तीज छोरी,चेलीलाई मात्र आउँछ?के बुहारीलाई आउँदैन र ?" 

कहिल्यै जवाफ नफर्काउने बुहारीले त्यसरी जवाफ दिएकीले सासु स्तब्ध बनेर सोंच्न थालिन् । "तीज पो हो त,साँच्चै। बुहारीकोपनि त आमाबाबु,माइेती छन् । "

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com