कार्यक्रम टफ-टक : Secretary Krishna Hari Baskota in TOUGH talk with Dil Bhusan Pathak- 108


आजको टफ टकमा मेरो अतिथि हुनुहुन्छ, सचिव कृष्णहरि बाँस्कोटा । सामाजिक सञ्जालमा होस् वा घर चोकमा हुने गफगाफ, धेरैले भन्ने गर्छन् नेता बिग्रिए र तिनले देशलाई उँभो लगाउन सकेनन् ।

कतिपयको टिप्पण्ँी हुन्छ, देशलाई गति दिने राजनीतिक नेताहरु आफ्नो, परिवारको, इष्टमित्रको साँघुरो घेरामा रमाउँदा र तिनको फाइदालाई मात्र ध्यान दिँदा देशको प्रगति धिमा गतिमा भयो । तर वास्तवमा नेताहरु त सत्तामा आउँछन, जान्छन् । के त्यसो भए देशको स्थायी सत्ता भनिने कर्मचारी संयन्त्रले देश निर्माणमा भुमिका खेल्न सक्दैनन् ? नेपालको शासन प्रशासन जुन ढंगले चल्दैछ के हामी सही दिशामा छौं ? आज हामी टफ टकमा सचिव कृष्णहरि बाँस्कोटासँग बहस गर्दैछौं ।

नेपाल सरकारको उच्च प्रशासक भएर लामो समय काम गर्नुभएका उहाँले भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवबाट राजिनामा दिनुभएको छ । २०१५ सालमा धादिङमा जन्मनु भएका बाँस्कोटाले इटालीबाट व्यवस्थापनमा पोष्ट ग्य्राजुएट गर्नुभएको छ । कानूनमा समेत स्नातक बाँस्कोटाले २०३७ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । २०५५ सालमा सहसचिव बन्नुभएका उहाँले वाणिज्य विभाग तथा भन्सार विभागको महानिर्देशकको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । अर्थ मन्त्रालयको बजेट प्रमुखको हैसियतमा उहाँले प्रतिनिधिसभाको पुन ःस्थापनापछि लगातार तीन ओटा बजेट निर्माण कार्यको अगुवाइ गर्नुभयो । २०६५ सालमा उहाँ राजस्व सचिव बन्नुभयो । आउनुहोस स्वागत गरौं आजको हाम्रा अथिति सचिव कृष्णहरि बाँस्कोटालाई ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com