लिबिया तेल भण्डारमा लागेको आगो निभाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग I

 लिबियाको राजधानी त्रिपोलीस्थित विमानस्थलसँगैको
मुख्य तेल भण्डारमा लागेको आगोले फैलिएको धूवाँ ।
विद्रोहीले हानेको रकेटले आगो लागेको हो । यसलाई
निभाउन लिबिया सरकारले अन्तर्राष्ट्रिय समुदायलाई
आग्रह गर्नुका साथै ५ किलोमिटर वरपर बसोबास खाली
गर्न नागरिकलाई अप
त्रिपोली (बीबीसी), श्रावण १३ ,

राजधानी त्रिपोलीस्थित विशाल तेल भण्डारमा लागेको आगो निभाउन लिबियाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । द्वन्द्वरत लडाकुबीच झडप हुने क्रममा प्रहार गरिएको रकेटबाट तेल भण्डारमा आगलागी भएको हो ।

९ करोड लिटर तेल अट्ने यो लिबियाको सबैभन्दा ठूलो भण्डार हो । त्यहाँबाट निस्किरहेको ठूलो मुस्लोले गम्भीर मानवीय र वातावरणीय दुर्घटना निम्त्याउन सक्ने चिन्ता लिबिया सरकारले व्यक्त गरेको छ । 'थुप्रै मुलुकले विज्ञ अग्नि नियन्त्रकको टिम र विमान पठाउने इच्छा गरेका छन्,' प्रधानमन्त्रीले भनेका छन् ।

तेलका ट्यांक फुटेमा हुन सक्ने भयंकर विस्फोटको त्रासबीच ५ किलोमिटर आसपासका बस्ती खाली गर्न अपिल गरिएको छ । अनिश्चित सुरक्षाले बस्ती खाली गराउन कठिन छ । ब्रेगा कम्पनीले तेल भण्डार सञ्चालन गरेको हो । यो दुई सातादेखि विद्रोहीको युद्धस्थल बनिरहेको मुख्य विमानस्थल मार्गमै पर्छ । अग्नि नियन्त्रकलाई काम गर्न दिन अधिकारीहरूले दुवै पक्षसँग युद्धविराम आह्वान गरेका छन् ।

विमानस्थल कब्जामा लिन विद्रोहीबीच भइरहेको भिडन्तमा एक सातामा कम्तीमा ९७ जनाको मृत्यु भएको छ । कर्नेल मुअम्मर गद्दाफीलाई पदच्युत गर्न सन् २०११ मा आन्दोलन भएयता तेलधनी अफ्रिकी मुलुकमा आन्तरिक द्वन्द्व पनि चर्कंदै आएको छ । मुख्य भागहरू लडाकुको नियन्त्रणमा छन् । तानशाह पूर्वजनरल खलिफा हाफतारले त्यहाँ महिनौंदेखि सेनासहितको संयुक्त बललाई नेतृत्व गरिरहेका छन् । उनीहरूले सहरबाट इस्लामिक लडाकुलाई हटाइछाडने दाबी गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com