उच्च रक्तस्रावका कारण एक सुत्केरी मृत्यु I

गाईघाट श्रवन १३,

बढी रक्तस्रावका कारण एक सुत्केरी महिलाको हिजो साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दपुर–८ बस्ने २७ वर्षीया सकिला चौधरी रहेको बेल्टार अस्पतालले जनाएको छ ।

सोमबार बिहान ९ बजे चौधरीलाई प्रसूति गराउन सो अस्पतालमा ल्याइएको र १२ बजेतिर चौधरीको प्रसूति उपचार सफल भई बच्चा जन्मे पनि रक्तस्राव नरोकिएपछि अस्पतालले विराटनगर सिफारिस गरेको जनाएको छ । विराटनगर पु¥याइएका चौधरीको बेलुकी साँझ ७ बजे मृत्यु भएको बताइएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com