कृषि तथा वन विज्ञान विश्वविद्यालय मार्फत कृषि व्यापार व्यवस्थापनको एमबिए I

 चितवन श्रावण ७,

अनन्तप्रकाश सुवेदी (रामपुर) : कृषि तथा वनको उच्च शिक्षा, अनुसन्धान तथा प्रसारको जिम्मा पाएको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छिट्टै कृषि व्यापार व्यवस्थापनको एमबिएको अध्यापन सुरु हुनेभएको छ । 
आज रामपुरमा आयोजित एक कार्यक्रममा सो कुराको जानकारी दिइयो । कार्यक्रममा बोल्नुहुँदै कृषि संकायका डिन प्रा. डा. डिल्लिराम बर ालले विश्वमा नै उच्च माग भएका यस्ता कोर्षहरुलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उच्च प्राथमिकता राख्दै अघि बढ्ने जानकारी दिनुभयो । 

कृषि संकायले भेटनरि संकाय र सम्पुर्णको सहयोगमा अन्तराष्ट्रिय स्तरको एमबिए संचालन गर्ने वहाँले जानकारी दिनुभयो । विनरक इन्टरनेशनलको किसान देखिन् किसान् कार्यक्रम अन्तर्गत युएस एडको सहयो गमा आएको भोलुन्टर चाल्र्स रिभ्सको सहयोगमा कृषि संकायका सहायक डिन कालिका बहादुर अधिकारीको नेतृत्वमा कृषि व्यापार व्यवस्थापन र शुद्ध एमबिएको नयाँ कोर्ष निर्माण भएको हो । 

एक महिनाको मेहेनतमा बनेको सो कोर्ष आउने सत्रबाट लागु हुने सो कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा निरन्तर शिक्षा केन्द्रका निर्देशक प्रा. डा. मोहन शर्मा, कोर्ष विकास केन्द्रका निर्देशक प्रा. डा. श्रवण कुमार साह, कृषि संकायका प्रशासन प्रमुख बुद्धि ढुंगाना, विनरक इन्टरनेशनलका छन भट्टचन लगायतको उपस्थिति रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com