धुर्कोट (गुल्मी)श्रावन ७,
बिरामीको अत्यधिक चाप रहेको गुल्मीको सरकारी तम्घास अस्पतालले थप सेवासहित बिरामीका लागि सुविधा बढाएको छ । पहाडी जिल्लामा बिरामीको चाप उच्च रहेको सो अस्पतालमा बिरामीको चापलाई ध्यानमा राखेर सेवा थप गरेको अस्पताल विकास समितिले जनाएको छ ।
अस्पतालमा २४ सैँ घण्टा ल्याप तथा एक्स–रे, रक्तक्षेपण, दाँत उपचार सेवा, गुणस्तरीय एक्स–रे, माइनर सर्जरीलगायतका सेवा थप गरेको हो । यसअघि ल्याब, एक्स–रे र रक्तक्षेपण सेवा बिहान १० देखि २ बजेसम्म रहेकामा २४ सैँ घण्टा बनाएको र यस वर्षदेखि अत्याधुनिक उपकरणसहित दाँतको सम्पूर्ण उपचार सेवा र माइनर सर्जरी पनि सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष वीरबहादुर कार्कील कार्कीले भने ।
यसअघि १०० एमए को एक्स–रे सेवा रहेकामा अहिले ३०० एमएको सेवा प्रदान गरिने उनको भनाइ छ । यसबाहेक बिरामीलाई औषधिमा चर्को शुल्क तिर्नुपर्ने बाध्यता हटाउन साझा औषधि पसल सञ्चालन र अस्पतालको सरसफाइमा ध्यान दिएको, टिकट वितरण गरी बिरामीको पहिलादेखिको जाँच र उपचारको विवरण हेर्न सक्ने व्यवस्था गर्नुका साथै आकस्मिक सेवालाई पनि गुणस्तरीय बनाएको छ ।
तम्घास अस्पतालमा शतप्रतिशत सफल सुरक्षित प्रसूति सेवा सञ्चालित छ । निक साइमन्स इन्स्टिच्युटको सहयोगसमेत रहेको सुरक्षित प्रसूति सेवामा विगत चार वर्षको अवधिमा शल्यक्रियामार्फत सुत्केरी गराउन आएका २६१ जना सबैको सुरक्षित सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चिकित्सक सुरेश नेपालले बताए । यो हरेक वर्ष बढ्दो क्रममा छ । यसबाहेक चार वर्षको अवधिमा तीन हजार ४६६ जना सुरक्षित सुत्केरी सेवामार्फत सुत्केरी भएको प्रमुख नेपालले बताए ।
गत जेठसम्म ११ महिनाको अवधिमा तम्घास अस्पतालले ६५ हजार ५१३ जना बिरामीले ओपिडी सेवा लिएकामा दुई हजार ८९८ जनाले भर्ना भएर उपचार सेवा लिएका छन् । बिरामीको चाप अत्यधिक रहेको अवस्थामा सेवा सुधार गर्दै लगिए पनि विसं २०२८ को दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा निकै समस्या परेको चिकित्सक नेपालको भनाइ छ । विसं ‘२०२८ सालमा स्थापना हुँदाको १५ बेड र उत्तिबेलाकै दरबन्दीमा पनि पूरा कर्मचारी छैन’–नेपालले भने ‘त्यसैले हामीले जति प्रयास गरे पनि सेवा प्रवाहमा समस्या परिरहेको छ ।’
उनका अनुसार तीन चिकित्सकको दरबन्दीमा एक, ल्याप टेक्निसियन एक, अहेव दुई, अनमी दुई, डार्क रुम असिस्टेन्ट एक र एकजना स्टोरकिपर मात्र छन् । दरबन्दीअनुसार दुई चिकित्सक, एक हेल्थ असिस्टेन्ट, चार स्टाफ नर्स, एक मेडिकल रेकर्डर, दुई ल्याव असिस्टेन्ट र एक स्टोरकिपरको पद रहे पनि लामो समयदेखि ती पदहरु खाली छन् । एकजना रेडियोग्राफरको पदमा रहेका व्यक्ति ६ महिनामा एकपटक आएर तलब मात्र बुझेर जाने गरेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालले एक अनमी, एक सिएमए, एक ल्याब, एक ड्राइभर, एक कर्मचारी र पाँचजना कार्यालय सहयोगी गरी १० जना अस्पताल विकास समितिले थप गरी काम सञ्चालन गरेको अध्यक्ष कार्कीले बताए । जम्मा १५ शय्याको अस्पतालमा बिरामीको चाप बढी भएको कारण कुरुवाका लागिसमेत राखिएका शय्यामा दैनिक औसत २० भन्दा बढी बिरामी भर्ना गरेर उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ ।
बाहिर मेडिकल तथा निजी अस्पतालमा औषधि दुरुपयोग गरेर आउने र तम्घास अस्पतालमा भर्ना भई उपचार गरेर दोष लगाउने प्रवृत्ति बढेकाले यसबारे सबैले सहयोग गर्न अस्पताल विकास समतिले आग्रह गरेको छ । सरकारले अहिले तम्घास अस्पताललाई ५५ शय्या बनाउने निर्णय गरेकाले अब सोहीअनुसारका कर्मचारी थप हुने आशामा तम्घास अस्पताल रहेको छ । रासस :