श्रावन १४,
दोस्रो विश्वयुद्धमा जापानी शहर हिरोशिमामा परमाणु बम प्रहार गर्ने अमेरिकी विमान चालक थियोडोर भ्यान क्रिकको निधन भएको छ ।
‘डच’ नामबाट चर्चित अमेरिकी विमान चालक थियोडोर भ्यान क्रिकको ९३ वर्षको उमेरमा मंगलबार अमेरिकाको जर्जियामा निधन भएको छ । ६ अगस्त १९४५ मा जापानको हिरोशिमामा बम खसालेको अमेरिकी विमान ‘इनोला गे’ को चालक दलका उनी अन्तिम जीवित सदस्य थिए ।
६९ वर्षअघि अमेरिकाले जापानको हिरोशिमामा गरेको परमाणु बम आक्रमणबाट करिब १ लाख ४० हजारको मृत्यु भएको थियो ।
सन् १९९२ मा भ्यान क्रिक। तस्वीर: एपी
भ्यान क्रिक भने आफूले बम खसालेको कुनै पछुतो नभएको बताउने गर्थे । आफ्नो पक्षमा तर्क गर्दै उनी भन्थे, “त्यही बम खसालेपछि त विश्वयुद्ध समाप्त भएको हो ।”
उनका छोरा डम भ्यान क्रिकले आफ्ना बाबुलाई श्रद्धाञ्जली दिंदै समाचार एजेन्सी एपीसँग भनेका छन्, “मलाई थाहा छ, उहाँलाई युद्ध विजेताका रुपमा चिनिन्छ तर हाम्रा लागि उहाँ असल पिता हुनुहुन्थ्यो । ”
एजेन्सी :