गज़ल : By, कोमल भट्ट


गज़ल : By, कोमल भट्ट

सकेसम्म चाँडै,म फिर्नेछु आमा
छ भारा दुदैको,म तिर्नेछु आमा

सँगालेर मायाँ,बसेको म हुन्छु
भुले काख तिम्रो,म गिर्नेछु आमा

घुमी राख्छ तिम्रो,प्रभा देह भित्र
परे देखि छाती,म चिर्नेछु आमा

दुखायो मनै त्यो,रुवाएर जस्ले
बनी शत्रु तेस्को,म पिर्नेछु आमा

फ़ुलायौ,फ़लायौ,हटायौ अँधेरो
घरै भित्र आफ्नो,म छिर्नेछु आमा

(भुजङ्गप्रयात छन्द )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com