धरान, असार ३२ ,
प्रदिप मेयाँबो : आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा दिएको योगदानको सन्दर्भलाई लिएर मुलुकभर द्विशतवाषिर्की मनाइएका बेला धरानमा भने भानुभक्तसहित अन्य तीन जातिका 'आदिस्रष्टा' हरूको सम्मान गर्दै तीनदिने साहित्य महोत्सव सम्पन्न भयो ।
योसँगै कला-साहित्यमा लामो समयदेखि सुस्ताएको आरोप खेपिरहेका धराने स्रष्टाहरू समावेशी कला-साहित्यको बीजारोपण गरेर ब्युँझिएको संकेत दिन सफल भएका छन् । महोत्सव क्रममा धरानका चोक-चोकमा कविता वाचन भए । पुस्तक प्रदर्शनी, नाटक मञ्चन, पेन्टिङ प्रदर्शनी भए । स्रष्टा सम्मान गरियो । रोचक के भने, कार्यक्रम स्थलसम्म आउन नसक्ने अवस्थामा पुगेका पुराना साहित्यकार बीए कृष्णप्रसाद श्रेष्ठ, गजेन्द्रप्रसाद आचार्य, कृष्णप्रसाद कोइराला, कर्ण लावतीलाई घरघरै पुगेर सम्मान अर्पण गरियो । लोकतान्त्रिक चोकमा धरानका पुराना चित्रकारसमेत रहेका र टिकटमा सडक नाटक मञ्चन गर्ने छत्र कार्कीलाई पनि सम्मान गरियो । त्यस्तै, भारतीय नेपाली साहित्यकारलाई समेत निम्त्याएर नेपालीपन र मनलाई सिमानाले छेक्दैन भन्ने सन्देश पनि दिइयो ।
महोत्सवमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य, मैथिली आदिकवि विद्यापति, नेवार आदिकवि सिद्धिदास तथा लिम्बू भाषा र लिपिका आदि प्रसारक सिरिजंगाका तस्बिर र प्रतिमामा माल्र्यापण गरेर सबै भाषा र साहित्यप्रति सांकेतिक सम्मान गरियो । लक्ष्मी चोकस्थित महाकवि देवकोटा र कविशिरोमणि पौड्याल, बुद्धचोकस्थित कवि विमल गुरुङ, धरान नगरपालिकाभित्र रहेको मोतिराम भट्टका प्रतिमामा पनि माल्यार्पण गरियो ।
कुन्ता शर्मा, वेणु आचार्य, स्व. विमल गुरुङ, रमेश केसी, बम देवान, राजकुमार कार्की, बद्री पलिखे, कर्ण शाक्य, नवीन सुब्बा, शशी थापा सुब्बा, शारदा सुब्बा, सुरज सुब्बा, प्रेम सुब्बा जस्ता लेखक, कलाकार र कविहरूले कुनै समय धरानलाई जुरुक्कै उचालेको स्मरण गर्दै प्रा. टंक न्यौपाने भन्दै थिए, 'अब धरान ब्युँझिएको अनुभूति हुँदै छ ।'
महोत्सवको अर्को आकर्षण थियो- बहुभाषी कविगोष्ठी । पूर्वका अमित थेबे र मुक्साम लावतीले लिम्बू भाषामा, भारतको असमबाट आएका नेपालीभाषी कवि रण काफ्ले हिन्दीमा, भीम खतिवडाले संस्कृतमा, असमकै हारसिं तेराङले असमीमा कविता सुनाए । एकु घिमिरे, सुवासचन्द्र नेउपाने, शरणकुमार राई, श्रीसिसा राई लगायत पनि थिए काव्य वाचन गर्नेमा । अमेरिकाबाट आएकी नीलम कार्की निहारिकाको उपन्यास 'अर्की आइमाई' माथि परिचर्चा गरियो ।
असमका रण काफ्लेलाई ५ हजार रुपैयाँको तिलमति भयवाद पुरस्कार पनि दिइयो । धरान घर भए पनि हङकङमा लामो समयदेखि बसोबास गर्दै आएका लेखक देश सुब्बाद्वारा प्रतिपादित भयवाद दर्शनमाथि काफ्लेले कलम चलाउँदै आएका छन् । भयवादकै आधारमा कलम चलाउने जीवनकुमार भण्डारी, राकेश दर्नाल, सुवास खवास र मिलन शंकरलाई पनि जनही २ हजार ५ सय रुपैयाँसहित सम्मान गरियो ।