Article, साथ् र समर्थन सत्यको

आज इकान्तिपुर अनलाइनमा चित्त नबुझ्दो समाचार पढे पछि केहि लेखुँ लाग्यो . . . .

इजरायल यस्तो देश हो जहाँ मानब आधिकार हनन हुदैन ,यो देश यस्तो छ यहाँ पुरुष लाइ भन्दा महिला , बालबालिकाको हक अधिकार बलियो छ । यो देशमा काम ठुलो सानो भेद भाब छैन । यहाँ मात्रै काम गरेको छकी छैन हेरिन्छ| केकाम गर्छ सोध्दैनन् । यहाँ सरकारी कार्यालय ,हस्पिटल,बैंक र अन्य ठाउँका कर्मचारीहरु सर्बसाधारण संग अत्यन्त नम्र व्यवहार गर्छन नबुझे १० चोटी बुझाउछन नझर्कि कन । यहाँका अधिकाँश जनता आफ्नो कारणले अरुलाई दु:ख सहन नपरोस भनिठान्छन । यिनी हरुमा कपट भन्ने कत्ति छैन चित्त नबुझे अगाडी भन्छन । यहाँ कोही खान नपाएर मर्नु पर्दैन ,उपचार नपाएर मर्नु पर्दैन , बिदेशी कामदार भए पनि यहाँको नागरिकता बाहेक अरु यहाँको नागरिक सरह हक पाएको छ । यहाँ रात बिहान जति बेला बाहिर हिड्दा कत्ति डर छैन । एउटा महिला माथि कुनै पुरुषले दुर्व्यबहार/अपशब्द प्रयोग गर्यो भने पुलिसलाइ फोन गरेको ३ मिनेटमा पुलिश आइपुग्छ ,र छानबिन हुन्छ ,यहाँको नियम कानुन जनताको भाबना ,मर्म अनुसार परिबर्तन भइरहन्छ ।

जो व्यक्ति आफ्नो देश , आफन्त ,परिवार ,काखको नाबालख बच्चा छोडेर परदेश लाग्छ यो परिश्थिति पक्कै पनि कुनै सहज परिस्थिति परदेशिएको होइन । हामी हजारौको संख्यामा नेपाली महिलाहरुको कर्म थलो इजरायल सरकार र यहाँका जनताले हामीलाई कहिले नभुल्ने गुन लगाएका छन । हामी परदेशमा खुसीले आएका होइनौ , भेटघाटको बेला साथिहरु संग भला कुसारी गर्दा धेरै नेपाली महिलाहरु आफ्नो देशको परिश्तिती ,राजनीति अस्थिरता ,महंगी ,भ्रष्टचार बेरोजगारी समस्या बाट पीडित भएरनै परदेशिन बाध्य भएको पाइन्छ र म पनि यहि विविध कारण बिगत ८ वर्ष देखि यहि भूमीमा कर्म गरिरहेकी छु ।

धार्मिक हिसाबले पबित्र स्थल मानिने देश इजरायलमै कर्म थलो बनाउन पाउनु म आफुलाई भाग्यमानी ठान्छु मेरो अनुमान यो इजरायल भूमिमा पाइला टेक्ने सबै मानसिक र आर्थिक रुपमा बलियो हुदै सामाजिक भाबना पैदा गराएको ज्वालन्द उदहारण हामी नेपाली हरुनै देख्न सकिन्छ । इजरायलमा कार्यरत नेपाली दाजुभाई दीदी बहिनि खुलेर सहयोग गर्नु हुन्छ, नेपालमा कुनै रोग बाट पिडित होस् या बाढी पिडित शिक्षा स्वास्थ्य हरेक क्षेत्रमा इजरायलमा कार्यरत नेपालीहरुले गरेको सहयोग दिनहु जसो पत्र पत्रिका सामाजिक संजाल हरुमा देख्न पाइन्छ । हामी सबै नेपाली चाहन्छौ हाम्रो समाज र देश समृद्द बनोस, हामीले जस्तो सन्ततिले पनि आफ्नो पसिना बेच्न परदेशिन नपरोस ।

जन्मभूमी हरेक ढुक ढुकीमा त छदैछ कर्म भूमी पनि त्यतिनै माया लाग्दो रहेछ । मेरोलागि चेतनशिल प्राणी भएर जन्म लिए पछी कस्तो हुनु पर्छ ? अध्यन गर्ने किताब हो इजरायल । अनुशासित र इमान्दार भए समयलाई बस मा ल्याउन सकिने कुरा यहि भूमिमा सिकेँ । छल कपट र स्वार्थले आफै लाई घात पुर्याउने रहेछ यो शिक्षा यहि कर्म भूमीमा पाएँ । जुन शिक्षा लिने बाताबरण हाम्रो देश हाक्ने नेता हरु बाट कहिले पनि सिक्न पाइएन |यसकोलागी पनि म इजरायल प्रति आभारी छु ।

जुन १२ मा इज़रायलका तीन बिद्यार्थीलाइ अपहरण गरि १८ दिन पछि २९ जुन मा हत्या भयो प्यालेस्टाइन/हमास समूह द्वारा यतिखेर चलोरहेको युद्धको विजारोपण त्यहि बाट सुरु भो । हमासको क्रियाकलाप देख्दा एउटा उखान टुक्का याद आयो ,{जहाँ खानु त्यहिं हगी मर्नु } भने जस्तै भयो जहाँ इजरायल बाट बिजुली, पानी, खाद्यान्न, औषधि इत्यादी महत्वपूर्ण चिजहरु जान्छन । यसरि एता बाट यी आधारभूत चिज हरु नगए त्यहाँका जीवन अस्तव्यस्त हुन्छ । ठेट नेपाली भाषामा भन्दा खाकै थालमा क्षेत् गर्नु हो, उनीहरुले यसरि निहुँ खोज्नु । यतिखेर चलिरहेको युद्धको सुरुवात उनीहरु बाट नै भएको हो । हमासले जुन मुर्खता पूर्ण युद्ध लंकारदै छ त्यसको परिणाम सर्बसाधारणले भोगिरहेका छन् । हजारौ संख्यामा त्यहाका जनता आज शरणार्थी हुन बाध्य भएका छन् । तर प्यालेस्टाइन सरकार चुप चाप छ । कुशासन गर्ने नेताको जनता हुन भन्दा सुशासन भएको देशमा शरणार्थी बन्नु बेश , त्यहाँको अवस्था देख्दा_ यत्सो लाग्छ । यो युद्दको असर गाजा लाइ धेरै परेको छ भौतिक र जनधनको क्ष्यतिको हिसाबमा, इजरायलमानि आम्सिक रुपमा मानसिक तनाव छ तर गाजामा जति छैन । 

इजरायलले हरेक केहि मिनेटमा हमासले पठाएको रकेट बम आइरन डोम प्रयोग गरि आकस मै पड्काएर आफ्नो जनता र हामी हरुलाई सुरक्षित राखेको छ । आज सम्म १ जना इजरायलीको मात्र मृत्यु भनेको खबर छ । आज बिहान नेपालमा अत्यधिक बिक्रि हुने पत्रिका कान्तिपुरको नाम बाट "इजरायलमा नेपाली तनाबमा" भन्ने समाचार सम्प्रेषण भएको सामाजिक संजालमा पढ्न पुगे । तर यति नाम चलेको पत्रिका कान्तिपुरको नाम बाट प्रकाशित समाचार प्रेषित गर्न निकै हतार परेको भान भो । नेपाली आफ्नै देशको परिश्थिति देखेर तनाबमा छ ,इजरायलको परिश्थिति संग भन्दा किन कि इजरायलले आफ्नो देश, जनता र बिदेशी सबैलाई सुरक्षा प्रदान गरिरहेको छ । हमासले रकेट बम उता बाट पठाउन साथ् एता सचेत हुने साइरन बज्छ र ३०/४० सेकेन्ड भित्र सेफ रुम (शेल्टर रुम) मा पुग्नु पर्छ र माथि आकाश मा बम डिस्पोज भएपछी घर/कोठामा फर्किन सकिन्छ सुरक्षित साथ् । यहाँ हरेक तह र तप्कामा सु-शासन र सु-व्यबस्था अनुशासित तरिकाले लागु गरिएको छ, यसको प्रसंसा गर्नै पर्छ ।

सामान्य जरो आउदा घरमा डाक्टर आइपुग्छ । औषधि उपचार फ्री छ किनकी स्वास्थ्योपचारको लागि हरेकको विमा हुन्छ र हामी जस्ता कामदारको पनि आफ्नो इम्प्लोयेरले गर्नु पर्छ यदि नगरेको खण्डमा उ फाइनमा पर्छ । हामी नेपालीहरु नेपालमा जनयुद्द को मार भोगेर आएका छौं ,घर बाट निस्के पछी फर्कने हो या होइन भन्ने अवस्था भोगेर आएका छौं , यो हमासको रकेट देखि केहि डर छैन किनकी इज़रायल ले आबिस्कार गरेको भर पर्दो आइरों डोम छ , जसले जस्तो सुकै रकेट बम माथि माथि नै डिस्पोज गरि दिन्छ। त्यस माथि पनि इजरायल जस्तो शक्तिशाली राष्ट्रमा छौ । हामिलाइ यो देश र जनताले कहिले बिदेशी कामदार भनेर पक्षपात गरेन । हामी सार्वजनिक यातायात मा सफर गर्दा हामीलाई कहिल्यै भेदभाव गरिदैन । यो देशको समस्या हामी सबैको समस्या हो कत्ति पनि हतोत्साही नभई इजरायलीहरु संगै हामी पनि सामना गर्न तैयार छौ र गर्नु पर्छ पनि । यहाँ इज़रायल स्थित रहेको नेपाली राज्धुतावासले पनि यस विषम परिश्तितिमा नआत्तिन र कुनै पनि समस्य परे दुताबासमा सम्पर्क गर्न सुचना जारि गरिसकेकोछ, यसको लागि हामी आभारी छौं ।

अन्तमा, नेपालीहरु आफ्नो देश समृद्द भएको देख्न चाहन्छन बिदेशमा बगाउने पसिना आफ्नै मातृभूमिमा बगाउँन चाहन्छन आफ्नै परिवार संग बस्न चाहन्छन यो कुरा सबैलाई थाहा छ र यो सबैको चाहना हो । पराइको भूमिमा भएको यत्सो परिस्थितिलाइ सामना गर्दै यथासक्के चाडो शान्ति स्थापना होस् भनि कामना गर्दछौं : जय मातृभूमी ।

 सावित्रा पाठक 
इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com