थुप्रै अपेक्षा लिएर नेपाल आएको छु : स्वराज I

काठमान्डू श्रावन १०,

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छन् । २३ वर्षपछि नेपाल र भारतबीच हुन लागेको मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री स्वराज नेपाल आएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू थुप्रै आशा र अपेक्षा लिएर नेपाल आएको बताइन् । आफ्नो नेपाल भ्रमण दुबै देशको आपसी हितका लागि महत्वपूर्ण र फलदायी हुने विश्वास पनि उनले व्यक्त गरिन् । मन्त्रीस्तरीय बैठकमा सबै क्षेत्रमा सहयोग अभिबृद्धि गर्ने गरी छलफल हुने उनको भनाइ थियो । आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले २७ वर्षअघि संयुक्त आयोग गठन भएको थियो ।

नेपाल र भारतमा हरेक वर्ष पालैपालो आयोगको बैठक बस्ने भनिए पनि २२ वर्षदेखि आयोगको बैठक बस्न सकेको छैन । दुई दिनसम्म चल्ने बैठकमा नेपाल र भारतबीच जलस्रोत, आर्थिक सहयोग, व्यापार तथा पारवहन, सीमा व्यवस्थापन र सुरक्षाको क्षेत्रमा गहन छलफल हुनेछ । बैठकमा सुपुर्दगी सन्धी र सीमा नक्साको विषयमा पनि छलफल हुने बताइएको छ ।

विदेशमन्त्री स्वराजको भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारीको रुपमा समेत लिइएको छ । विदेशमन्त्री स्वराजले नेपालमा रहँदा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र विभिन्न दलका शीर्ष नेताहरुसँग भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ ।बेपालब्रिटेन :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com