रियो दे जेनेरियो आषाढ २०,
विश्व फुटबल महासंघ (फिफा) का महासचिव जेरोमी भाल्कले जारी विश्वकप फुटबल हेर्न रंगशाला आएका दर्शक मादक पदार्थ सेवन गरी मातेको देखेर आफू चकित परेको बताएका छन्। दर्शकहरू अनुमान गरेभन्दा धेरै मादक पदार्थ सेवन गरेर रंगशाला आएको भाल्केले बताए।
खेलका क्रममा दर्शकमाझ हुने गरेका झगडा मादक पदार्थ सेवनकै उपज भएको हुन सक्ने उनले बताए। ब्राजिलले सन् २००३ मा भएको एक प्रतियोगिताका क्रममा खेल हुने स्थानवरपर मदिरा बिक्री वितरणमा रोक लगाएको थियो। त्यतिबेला सम्भावित झगडा र दुर्घटना कम गर्न ब्राजिलले यस्तो उपाय अपनाएको थियो, तर मदिरा कम्पनी बडवेजरले नै विश्वकप प्रायोजन गरेकाले फिफाले उक्त प्रतिबन्ध हटाउन ब्राजिललाई आग्रह गरेको थियो।
विश्वकप आयोजनाको जिम्मेवारी दिने बेलामै फिफाले ब्राजिलसँग यस्तो सर्त राखेको थियो। यसलाई ब्राजिलले पनि स्वीकार गरेको थियो। भाल्केले मदिरा बिक्रीमा रोक लगाउँदा झगडा नियन्त्रण हुने भए फिफा त्यसका लागि तयार रहेको बताए। 'समर्थक मातेको देखेर फिफा चकित भएको छ, आगामी दिनमा यसतर्फ फिफाको ध्यान जानेछ', उनले भने। विश्वकपका क्रममा रंगशालाभित्रै मदिरा बिक्री गर्न दिने गरिएको छ। सन् २०२२ को विश्वकप आयोजना कतारमा हुँदै छ, जहाँ सार्वजनिक स्थलमा बसेर मदिरा सेवन गर्न प्रतिबन्धित छ। -एजेन्सी: