चितवन श्रावन १५,
रत्ननगर नगरपालिकाको बकुलहरमा दस वर्षअघि गोली हानी हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोप लागेर फरार तीनजना बिहीबार जिल्ला अदालत चितवनमा हाजिर भए। थुनछेक बहसपछि उनीहरूलाई बिहीबार नै धरौटीमा रिहा गरिएको छ।
अधिकारी हत्या आरोपीमध्ये हिमलाल अधिकारी २७ हजार, वेदनाथ पौडेल र कालीप्रसाद अधिकारी जनही २० हजार रुपैयाँ धरौटी राखेर रिहा भएको अदालतका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिए। अधिकारी हत्या मुद्दामा यसअघि हत्या आरोपी भीमसेन पौडेल २७ हजार र छविलाल पौडेल २० हजार धरौटीमा रिहा भएका छन्।
मृतक अधिकारी हत्या प्रकरणमा चितवन प्रहरीले जिल्ला अदालत चितवनमा १३ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ। यसअघि छुट्टाछुट्टै मितिमा पक्राउ परेका अजिव भनिने परशुराम पौडेल र रामप्रसाद अधिकारी प्रहरी अनुसन्धानका लागि २५ दिन हिरासतमा बिताएपछि मुद्दा नै दर्ता नभई छुटेका थिए। बिहीबार धरौटीमा छुटेका तीनजना फरार थिए।
अदालतले दिएको म्यादभित्रै ७० दिनपछि अदालत आएर उनीहरूले बयान दिएपछि जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले उनीहरूलाई धरौटी लिएर रिहा गर्न आदेश गरेको हो।
रत्ननगरमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका बेला २०६१ साल जेठ २४ गते बकुलहरचोकमा अपहरणपछि तत्कालीन माओवादी कार्यकर्ताले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेका थिए। छोरा कृष्णको हत्यामा संलग्नलाई कारबाही माग गर्दै मृतकका बाबु नन्दप्रसाद र आमा गंगामाया लामो समयदेखि वीर अस्पतालमा आमरण अनशनमा छन्। (अन्नपूर्णबाट)