श्रवन १३,
सन् २००१ मा आतंकवादी आक्रमणको शिकार भएको अमेरिकाको न्यूयोर्कस्थित ट्वीनटावरका उद्दारकर्तामध्ये २५०० भन्दा बढीलाई क्यान्सर भएको पत्ता लागेको छ ।
वल्र्ड ट्रेड सेन्टर हेल्थ प्रोग्रामका अनुसार उद्दारकर्ताहरुलाई क्यान्सर भएको घटना बर्सेनि वृद्धि हुँदैं गएको छ । गतवर्षभन्दा यसवर्ष पीडितको संख्यामा दोब्बर वृद्धि भएको हो ।
उद्दारमा संलग्न ३७ हजार प्रहरी, उद्दारकर्ता तथा स्वयम्सेवकमध्ये न्युयोर्कको माउन्ट सिनाई हस्पिटलमा १६५५ जनामा क्यान्सर भएको पाइएको थियो । पीडितहरुले उपचारका लागि क्षतिपूर्ति पर्खिरहेको समाचारमा जनाइएको छ । न्यूयोर्कस्थित अग्नीनियन्त्रण विभागका अवकाशप्राप्त क्याप्टेनले ९÷११ पीडित सहायता कोषबाट १५ लाख डलर क्षतिपूर्ति पाएका छन् ।
उनी फोक्सो तथा प्याङक्रियाटिक क्यान्सरबाट पीडित थिए ।
अहिलेसम्म ११५ जना क्यान्सरपीडितले ५०.५ मिलियन डलर क्षतिपूर्ति पाइसकेका छन् । सन् २०१६ सम्ममा सबै पीडितलाई क्षतिपूर्ति दिइसक्ने अधिकारीहरुले जनाएका छन् ।
सहायता कोषमा ११४५ जना क्यान्सर पीडितको आवेदन परेकामा ८८१ जनाको आवेदन स्वीकृत भइसकेको र अन्यको कागजात अध्ययन भइरहेको जनाइएको छ । आवेदन परेकामध्ये ट्वीनटावरनजिकैको भवनमा बस्ने १७ जना रहेकाहरु छन् । सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणमा २७६३ जनाको ज्यान गएको थियो । एजेन्सी :