आषाढ २८ ,भर्जिनिया
विजय थापा
: करिब सात बर्ष अगाडी अमेरिका छिरेका काठमाडौँ बौद्ध निवासी आनन्दु लामा थिङ्ग डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका नेपाल टेलिभिजन (दूरदर्शन)को प्रमुख कार्यकारी अधिकारी (सीईओ )मा मनोनित भएका छन ।
अमेरिका नेपाल टेलिभिजनको स्थापना काल देखि नै संस्थापक भै काम गरेका नेपालमा कराते स्थापना गर्ने थानेश्वर राई का शिष्य हुन् ।
गत जुलाई ४-६ सम्म आयोजना भएको ३२ औ ए एन ए डिसी सम्मेलनमा उनि अमेरिका नेपाल टिवीको उक्त पदमा पुगेका हुन् ।
करातेको शिलशिलामा दुई दर्जन भन्दा बेसी बिश्वका बिभिन्न राष्ट्रहरुमा पुगी नेपालको नाम कमाउन सफल उनका लाखौ शिष्य विश्व भर छरिएर रहेको दाबि गर्दछन ।
लामा, हाल संचार क्षेत्रमा होमिएता पनि उनि बहु प्रतिभाशालि व्यक्तित्वमा गनिन्छन किनभने उनि गीत पनि गाउन जान्दछन ,बासुरी पनि बजाउछन र अन्य संगीतका बिभिन्न सामग्री बजाउन जान्दछन भने रंग मंचमा राम्रो अभिनय गर्न जान्दछन । उनि करातेका पाँच डान हुन् भने कराते खेलको लागि नेपालको पहिलो अन्तर्राष्ट्रिय अनुमति प्राप्त प्रशिक्षक हुने मौका पाएका छन् भने नेपाल कराते महासंघका पुर्व महासचिब पनि भै काम गरि सकेका छन् ।