बर्दियामा चार हजार महिलाले प्रसूति सेवा लिए I

गुलरिया (बर्दिया) आषाढ ३२,

बर्दियामा चार हजार महिलाले प्रसूति सेवा लिएका जिल्ला अस्पताल गुलरिया बर्दियाले जनाएको छ । यस आर्थिक वर्षमा, कालिका स्वास्थ्य चौकी र मोतीपुर स्वास्थ्य चौकी दुई ठाउँमा प्रसूति सेवाका लागि भवन निर्माण भएको छ ।

कालिका स्वास्थ्य चौकीका इञ्चार्ज शिव चौधरीका अनुसार कालिकामा ३५ जना महिलाले प्रसूति सेवा लिएका छन् । यसैगरी जिल्लाका विभिन्न १९ वटा स्वास्थ्य चौकीमा चार हजार महिलाले जेठसम्ममा प्रसूति सेवा लिएका जिल्ला अस्पतालकी पदमा श्रेष्ठले जानकारी दिए । यसैबीच, बर्दिया जिल्ला अस्पताल गुलरियामा मात्र दुई जना डाक्टर रहेकाले जिल्लावासीले थप डाक्टरको माग गरेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com