काठमान्डू आषाढ ३२,
ललाइफकाई युवतीलाई भारतमा बेच्न लैजान लागेका दुई युवतीसहित चारजनालाई महोत्तरी सशस्त्र प्रहरीले मङ्गलबार भिट्ठामोडबाट पक्राउ गरेको छ ।
प्क्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत मधुवनी ग्राम पञ्चायत–२६ घरभई हाल जनकपुर नगरपालिका–४ बस्ने २१ वर्षीय अभिनन्दन ठाकुर, शनि ठाकुर माईस्थान–७ बस्ने १८ वर्षीया निसाकुमारी खपाँगी र मुस्कान लुँगेली रहेको सशस्त्र प्रहरी बल भन्सार तथा राजस्व गस्ती गुल्म भिट्ठामोडले जनाएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।
खपाँगी र लुँगेलीलाई विवाह गर्छु भनेर प्रलोभन देखाई ठाकुरसहित चारजना युवाले भारतको मुम्बईमा बेच्न लगिरहेको प्रहरीसमक्ष उनीहरूले बयान दिएका छन् । घटनामा संलग्न अन्य दुई युवक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खपाँगी र लुँगेलीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने ठाकुरद्वयमाथि मानव बेचबिखन तथा मानव ओसारपसार मुद्दा चलाइएको प्रहरी निरीक्षक इकवाल हवाडीले बताउनुभयो ।नेपालब्रिटेन :