सिमिट र लिबर्डको अनुसन्धान क्षेत्रको भ्रमण सम्पन्न I

  चितवन २६ असार,

अनन्तप्रकाश सुवेदी : रामपुर ÷ कृषि तथा वन विज्ञान विश्वविद्यालयको वातावरण विज्ञान विभागको लागि बनाइदैँ गरिएको स्नातकोत्तरको पाठ्क्रमको सहयोगको लागि एक दिन फिल्ड भ्रमण सम्पन्न भएको छ । 

विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा अमेरिकाबाट आउनुभएका विषय विज्ञद्वय सम्मिलित सो भ्रमण टोलिले नवलपरासीको सिमिटको अनुसन्धान क्षेत्र र लिबर्डको कावासोतिको अनुसन्धान क्षेत्रको अवलोकन भ्रमण गरेको थियो । नवलपरासीको परासिमा सिमिटले बढ्दै गरेको कृषि मजदुरको अभावलाई मध्यनजर गर्दै फार्म यान्त्रिकरण मार्फत कृषकहरुलाई संरक्षण कृषिमा प्रोत्साहन दिँदै उनिहरु लाई कृषि पेशमा प्रोत्साहन गर्न विभिन्न अनुसन्धानात्मक परिक्षणहरु गर्दै गरेको विनरकका कृषि विज्ञ सालिन आचार्यले बताउनुभयो । 

किसानहरुलाई लेजर लेभलरको प्रयोग र मेसिनबाट छरुवा धान छर्ने प्रविधिमा गत तीन वर्ष सम्म अभ्यस्त बनाउन कोसिस गरिएको र धेरु हद सम्म सफल भएको वहाँले बताउनुभयो । सो अवसरमा किसानहरुले गरिरहेको फिल्ड ट्राइल पनि अवलोकन गरिएको थियो । यसका साथै लिवर्ड कावासोतिको पनि विभिन्न कृयाकलापको बारेमा जान्ने जमर्काे पनि भयो । 

भ्रमण टोलिलाई स्वागत गर्नुहुँदै लिवर्ड कावासोतिकी कृषि विज्ञ सरस्वति भुर्तेलले लिवर्ड केन्द्रको गतिविधि र सो क्षेत्रमा गरिएको विभिन्न समुदायको हितमा गरिएको अनुसन्धानकुलक कार्यहरुको जानकारी दिनुभयो । साथै छोटो फिल्ड भ्रमण पनि गर्दै साच्चै नै समुदायले कसरी विज्ञहरुको अनुसन्धानबाट कसरी फाइदा लिएको रहेछ जानकारी पनि लिने काम भयो । 

सिमिट तथा लिवर्डको गतिविधि हेरेर आफू अत्यन्त उत्साहित भएको बताउँनुहुँदै युएस एडको फार्मर टु फार्मर भोलुन्टर डा. विलियम जिम्मरमेनले यस्ता गतिविधिलाई पर्यावर ण संरक्षण विज्ञानको पठनपाठनमा समिश्रण गर्न अत्यन्त जरुरी रहेका भनाइ राख्नुभयो । आफू अमेरिका फर्के पनि सिमिटको तुलनात्मक अध्ययनको नतिजा र लिवर्डको संर क्षण कृषि तथा वातावरण परिवर्तनका क्षेत्रमा भइरहेको गतिविध वारे नजिकमा रहेर अध्ययन गर्ने वहाँले बताउनुभयो । यसैक्रममा नेपाल पोलिटेक्निकल इन्सिच्युटमा पनि अध्यापकहरुको लागि छुट्टै प्र शिक्षण सञ्चालन भइरहेको छ । 

अध्यापनमा आउने विभिन्न समस्या र त्यसको समाधानको लागि विनरक मार्फत आउनुभएको युएस एड फार्मर टु फार्मर भोलुन्टर डा. स्कट हास्केलले एक हप्ता देखिन् प्रशिक्षण दिइ राख्नुभएको छ । भोलि एनपिआईमा कार्यर त पशु चिकित्सकहरुलाई कटाईको सिप अभिवृद्धि तालिम प्रदान गरिने विनरककी पशुचिकित्सक डा. सलुना पोख्रेलले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com