अमेरिकामा प्रतिभा प्रतियोगिता सम्पन्न I

आषाढ २६,भर्जिनिया 

विजय थापा : डिसी महानगर क्षेत्रको भर्जिनियाको टाईसन् कर्नर स्थित शेराटन होटलमा गत हप्ता जुलाई ४-६ मा आयोजना गरिएको ३२ औ ए एन ए सम्मेलनमा उत्तर अमेरिका भरिको लागि आब्हान गरिएको प्रतिभा प्रतियोगितामा सम्पन्न भएको छ

जुलाई ४ तारिखको पहिलो दिन उक्त प्रतिभा प्रतियोगिता भएता पनि त्यसको नतिजा तथा बिजयिहरुलाई पुरस्कार सम्मेलनको अन्तिम दिन जुलाई ६ तारिख पुरस्कृत गरिएको थियो उक्त प्रतियोगितामा अमेरिका भरका बिभिन्न राज्यहरुबाट जम्मा १८ वटा प्रतियोगीहरुको सहभागी भएको तथा १४ वटा फरक प्रस्तुति समाबेश गरिएको जानकारी संस्कृति तथा मनोरंजन समितिका संयोजक उद्धव उप्रेतीले गराए

उक्त प्रतियोगितामामा भाबिषा फुयाल प्रथम ,सलिना श्रेष्ठ ,द्वितीय तथा श्रीजना जोशी तृतीय भएका छन् प्रथम हुने लाई अमेरिकाबाट नेपाल आवत जावत हवाई टिकट पुरस्कार स्वरुप प्रदान गरिएको थियो भने द्वितीय तथा तृतीय हुने लाई क्रमस $ ५००.०० तथा $ ३००.०० नगत पुरस्कार प्रदान गरिएको थियो हवाई टिकटको व्यवस्था ट्रावल हाउस नेपालले प्रयोजन गरेको थियो

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com