बग्दाद आषाढ २१,
यी नर्सहरू तिक्रित नगरमा रहेको सद्दाम हुसेन अस्पतालमा काम गर्थे :
इराकमा द्वन्द्वमा परेका ४६ नर्सहरूको समूह रिहा हुने भएको उनीहरूमध्ये एकले बताएका छन् । यसलाई इराकमा सकारात्मक सङ्केतको रूपमा हेरिएको छ र इराकमा पनि अब सिरियाको जस्तै अराजकता देखिने अनुमान गर्न थालिएको छ ।
भारतका यी नर्सहरू तिक्रित नगरमा रहेको सद्दाम हुसेन अस्पतालमा काम गर्थे ।
यहाँ जिहादीले गत महिनामा आक्रमण गरेको थियो । हाल उनीहरूलाई मोसुल नगरमा राखिएको बताइएको छ । उनीहरूलाई कुर्द क्षेत्रको केन्द्र अरबिलमा लगिने र त्यहाँबाट उनीहरूलाई घर फर्काउन त्यहाँ भारतीय अधिकारी कुरिरहेको बताइएको छ ।
यसका साथमा अपहरणमा परेका ३९ भारतीय कामदारलाई स्वदेश फर्काउन भारतीय अधिकारीहरू प्रयासशील छन् । यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी सरकारका लागि यस प्रकारको पहिलो समस्याको रूपमा लिइएको छ ।
उनीहरूलाई जुन ११ मा तिक्रितबाट मोसुल ल्याइएको थियो । यसपछि उनीहरूलाई अरबिलमा लैजाने बताइएको एक नर्स टिन्सी थोमसले बताइन् ।
आफ्नो परिचय नदिने सर्तमा भारतका एक कूटनीतिज्ञले उक्त कुराको पुष्टि गरे । भारतको दक्षिणी केरला राज्यका सयोना थोमसले आफ्ना पितालाई फोन गरी आफूहरूलाई बन्धक बनाउनेहरूले रिहा गर्न सहमति व्यक्त गरेको जानकारी दिइन् ।
केरलाका मुख्यमन्त्री उम्मन चाँडी हाल नयाँ दिल्लीमा सरकारसँग परामर्शमा हुनुहुन्छ र उनले नर्सहरू छिटै रिहा हुने बताए । उनका अनुसार उनीहरू शनिबारसम्म घर पुग्ने आफूले आसा गरिएको छ ।
एक नर्स चाकिरियामथादथिल जोसेफका पिताले उनीहरूलाई तिक्रितबाट मोसुल लैजाँदै गर्दा एक विस्फोट हुँदा पाँच महिला घाइते भएको जानकारी दिए । जोसेफले आफ्नी छोरीले चिन्ता नगर्न तर आफूहरूका लागि प्रार्थना गर्न आग्रह गरेको बताए ।
भारतका विदेशमन्त्रालयका प्रवक्ताले यी नर्सहरूले आफ्नो स्थान परिवर्तन गरिरहेको पुष्टि गरे । भारतले आफ्ना १२० नागरिकलाई बन्धक बनाइएको अनुमान गरेको छ ।
गत महिना भारतको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई इराकमा काम गर्न अनुमति नदिने बताउँदै इराक जाँदै गरेका व्यक्तिहरूलाई पनि आफ्नो योजना रद्द गर्न आग्रह गरेको थियो । रासस/एएफपी: