तुलसीपुर (दाङ) असार २४,
दाङका महिलामा पाठेघर खस्ने समस्या बढिरहेको पाइएको छ । विशेष गरेर जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो रोगबाट बढी पीडित हुने गरेको केही दिनदेखि यहाँ सुरु भएको निःशुल्क पाठेघरको शल्यक्रिया शिविरमा उपचार गराउन आएका महिलाको सङ्ख्याले देखाएको हो ।
यस्तै समस्या भएकी महिलामध्ये दाङ पवननगर गाविस–२ की ५३ वर्षीया टुन्कीकुमारी भण्डारी एक हुन् । भण्डारीको ११ वर्षको उमेरमै घर नजिकै लड्दा पाठेघर अर्थात् आङ खसेको रहेछ । तर उनले घरका कुनै सदस्यसँग आफ्नो यस्तो समस्या भयो भनेर भनीनन् । ‘पाठेघर खस्यो भन्न लाज लाग्यो त्यसैले कसैलाई भनिन्’ उनले भनीन् ।
धेरै वर्ष सो रोगबाट पीडित भए तर दुई वर्षअघि रेडियोले यस्तो समस्या भएका कोही भए निःशुल्क रुपमा शल्यक्रिया गराउन आउने भन्ने खबर सार्वजनिक गरेपछि यो त रोग रहेछ लाज मान्नुपर्ने रहेनछ भन्ने सोचाइ आयो र उपचारका लागि घोराही गएको उनले बताइन् ।
‘त्यसबेला राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले पाठेघरमा रिङ राखी दियो तर एक वर्षयता धेरै दुख्ने, रगत बहनेजस्ता धेरै समस्या भएपछि अहिले शल्यक्रिया गर्नेका लागि निःशुल्क शिविर सुरु भएको भन्ने थाहा पाएर यहाँ आएकी हुँ ।’ उनले भनीन् ।
दुई छोराछोरीकी आमा भण्डारीका श्रीमान् केही वर्षदेखि वैदेशिक रोजगारमा विदेश छन् । अहिले उनी आफ्नी नन्दका साथ तुलसीपुरमा सुरु गरिएको पाठेघरको निःशुल्क शल्यक्रिया शिविरमा उपचारका लागि आएकी छिन् ।
त्यस्तै दाङ शान्ति नगर गाविस –४ की ५७ वर्षीया सावित्रा कँडेलले पनि १६ वर्षको उमेरदेखि आङ खस्ने समस्याबाट पीडित भएको बताएकी छिन् । उनको १४ वर्षको उमेरमा विवाह भएको रहेछ । पहिलो सन्तान जन्मेको समयमा धेरै दिन सुत्केरी बस्न पनि नपाएको उनको गुनासो छ ।
एक्कासी पाठेघर खसेको रहेछ सुरुमा त थाहा भएन, रगत बग्ने, तल्लो पेठ दुख्ने भई रहन्थ्यो त्यति भए पनि लाजका कारण घरमा पनि कसैलाई भनिन् । ‘माइत गएको बेला पनि कसैसँग भन्न सकिन सहदै बसे’ उनले भनीन् । ‘तर पाँच वर्षअघि मात्र घरमा श्रीमान्लाई भने’ उनले भनीन् ‘श्रीमान्ले नेपालगन्ज दुईपटक उपचारका लागि लग्नुभयो सञ्चो भएन अहिले शल्यक्रिया गर्न बुहारीसँग यहाँ आएकी छु ।’ शिविरमा दुई महिलामात्र होइन यो समस्याबाट पीडित धेरै महिला उपचारका लागि आएका छन् ।
त्यस्तै सल्यान पिपल्नेटा की ६० वर्षीया धनी खड्का पनि पाठेघरको शल्यक्रिया गर्न आएकी छिन् । सोह्र वर्ष अघिदेखि सो समस्या रहेको भए तापनि उपचारमा घरपरिवारले कसैले सहयोग नगरेका कारण आफूले रोग पालेर बस्नु परेको दुखेसो उनले पोखिन् । ‘सानै उमेरमा विवाह भयो, दोस्रो बच्चा जन्मेको केही महिनापछि पाठेघर खस्यो, घरमा श्रीमान्लाई भने श्रीमान्ले बेवास्ता गरेपछि अरु कसैलाई भन्न सकिन र सहेर बसे’ उनले भनीन् । त्यसको केही वर्षपछि श्रीमान्ले अर्को विवाह गरेर अन्य ठाउँमा बसेपछि त झन रोगले च्याप्दै आयो तर घरमा काम गर्ने अरु कोही नहँुदा सबै काम गर्नु परेको उनले बताइन् । अहिले यहाँ निःशुल्क उपचार हुने थाहा पाएपछि छिमेकी दिदीसँगै आएको उनको भनाई छ ।
आर्थिक अभावका कारण वर्षौंदेखि सो रोगको उपचार गर्न नसकेर बसेका दाङका महिलालाई लक्षित गर्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजनामा यहाँ निःशुल्क पाठेघरको उपचार तथा शल्यक्रिया शिविर सुरु गरिएको हो ।
असार १६ देखि २२ गतेसम्म राप्ती अञ्चल अस्पताल तुलसीपुर अस्पतालमा सुरु गरिएको निःशुल्क शिविरमा आइतबारसम्म ६०० पाठेघरका समस्या भएका महिलाको स्वास्थ्य परीक्षण गरी हालसम्म २९ जनाको निःशुल्क शल्यक्रिया गरेको शिविरमा शल्यक्रियामा संलग्न चिकित्सक नजमा अन्सारीले जानकारी दिए ।
उहाँका अनुसार १०० जना पाठेघरको शल्यक्रिया गर्न समस्या भएका महिलालाई भने नेपालगन्ज सिफारिस गरिएको छ । पाठेघरका समस्या भएकामा सबैभन्दा धेरै दाङ जिल्लाका बिरामी रहेका छन् भने केही सल्यान, रुकुम जिल्लाबाट पनि उपचारका लागि आएका छन् ।
सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, अशिक्षा लाजमान्ने प्रवृत्तिलगायत कारणले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने गरेको छ । शिविरमा क्षेत्रीय निर्देशनालय सुर्खेत, नेपालगन्ज मेडिकल कलेजका गरी १० स्वास्थ्यकर्मीको संलग्न रहेको छ । नारायणी रजौरे-रासस: