'बबी जासुस' को पहिलो सातामै ७ करोड I

मुम्बई आषाढ २४,

बलिउड डर्टी गर्ल विद्या बालनको पछिल्लो चलचित्र 'बबी जासुस'ले पहिलो सातामा सात करोड रुपैयाँ कमाएको छ। जुलाई ४ मा रिलिज भएको यस चलचित्रमा विद्याले महिला जासुसको भूमिका निर्वाह गरेकी छन्।

अभिनेत्री दिया मिर्जाद्वारा निर्मित चलचित्रमा अली फजल पनि महत्त्वपूर्ण भूमिकामा देखिएका छन्। राज कपुरका नाति अरमान जैन चलचित्र 'बबी जासुस'बाट बलिउडमा भित्रिएका हुन्। यस चलचित्रले पहिलो साता एक करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। जुलाई ४ मै रिलिज भएको अर्को चलचित्र 'लेकर हम दिवाना दिल' ले प्रदर्शनको पहिलो दिन 'बबी जासुस'को आधाभन्दा कममात्रै कमाएको छ।

सैफ अलि खानको कम्पनी इलुमिनाटी फिल्म्स् र इरोज इन्टरनेसनलको संयुक्त लगानीमा यो चलचित्र निर्माण भएको हो। इम्तियाज अलीका भाइ आरिफ अलीले निर्देशन गरेको यस चलचित्रमा अरमान जैन र दीक्षा सेठ मुख्य भूमिकामा देखिएका छन्।-एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com