अमेरिकामा यादब र श्रेष्ठलाई फेसनको ताज ​I

भर्जिनिया आषाढ २७,

विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रको टाइसन कर्नर स्थित शेराटनमा ३२ औ ए एन डिसी सम्मेलनको अवसरमा आयोजना गरिएको ए एन ए फेशन एक्स्ट्रा भ्यागेंजा २०१४ भब्यताको साथ सम्पन्न भएको छ

३२ औ ए एन ए सम्मेलनको दोश्रो दिन जुलाई ५ तारिखमा सम्पन्न भएको ए एन ए फेशन एक्स्ट्रा भ्यागेंजा २०१४ मा मिस्टर ए एन ए नेपाल ,सुबाश यादब तथा मिस ए एन ए नेपाल ,रिया श्रेष्ठले बिजयी भएका छन् यादब नेपाल सर्लाहीका हुन् भने अमेरिकामा टेक्सासको बर्लेसनमा बसोबास गर्दै आएका छन् भने उनि दूग्ध बिज्ञानका बिद्यार्थी हुन् ​ यसै गरि मिस एएनए नेपालको ताज प्राप्त गर्ने रिया श्रेष्ठ अमेरिकाको मीनेसोटामा बसोबास गर्छिन भने उनि कम्प्युटर (समगणक) बिज्ञान कि बिद्यार्थी हुन् ​ 

उक्त प्रतियोगिताको लागि अन्तिम १६ जना प्रतियोगीहरुमा ८ जना महिला तथा ८ जना पुरुष छनौटमा परेका थिए भने उक्त प्रतियोगितामा अधिकांश सहभागी बिद्यार्थीहरुको रहेको थियो l मिस्टर वोग एएन ए सुबास यादब तथा मिस वोग ए एन ए हुने रिया श्रेष्ठलाई अमेरिकाबाट नेपाल जाने आउने दुवै तर्फको हवाई टिकट तथा अन्य पुरस्कारहरु प्रदान गरिएको छ ​ उक्त हवाई जहाजको टिकटको प्रायोजन गर्ने एरो नेपाल ट्रावल तथा एअर जोन ट्रावलले गरेको छ


एरो नेपाल ट्रावलका संचालक राकेश तुलाधरले भन्छन यो हाम्रो लागी सुवर्ण अवसर हो भन्दै यस्तो कार्यक्रममा आफुले समाजलाई सहयोग गर्दै आएको बताए ​ बिगत सात बर्ष देखि उक्त भेषभुषा प्रदर्शन गराउदै आएको जानकारी यसका संचालक शरद बिक्रम सिंहले दिए भने अझ व्यवस्थित र आधुनिकीकरण गर्ने सोचको साथ अगाडी बढी रहेको बताए

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com