बर्षाका कारण चार धाम मार्ग , चार हजार नागरिक अलपत्र I

देहरादुन श्रावण २ ,

भारतको उत्तराखण्डको चार- धामको मार्गमा वषर्ाले गर्दा झन्डै ४ हजार नागरिक फसेका छन् । १९ जुलाईसम्मका लागि केदारनाथ र बद्रीनाथको यात्रामा स्थानीय प्रशासनले रोक लगाएको छ ।

केदारनाथमा झन्डै १ सय ५०, बद्रीनाथमा २ सय, गंगोत्रीमा ५ सय र यमुनोत्री २ सय जना अड्‌किएका छन् । गढवाल क्षेत्रको तीन विभिन्न यात्रा मार्गमा ३ हजारलाई अघि जान दिइएको छैन । त्यहाँ तीन दिनदेखि मुसलधारे वर्षा भइरहेको छ ।

सडक नष्ट भएको छ । पहिरोले गर्दा सडकमा माटो, ढुंगा र बालुवा थुपरिएको छ । सरकारले स्थानीयवासी र यात्रीलाई सतर्क रहन भनेको छ । त्यसै पनि गंगोत्री र यमुनत्रीलाई यातायातको दृष्टिकोणले अयोग्य मानिन्छ । त्यहाँबाट साना वाहनहरू मात्र गइरहेको छ ।

राज्यको मुख्य सचिव सुभास कुमारले केदारनाथ जाने बाटोमा सोनप्रयागको पुल भासिएको बताए । आवागमन बन्द छ । अन्य तीन धामको यात्रा पनि ठप्प छ । यात्रुलाई सडकमा नभएर सुरक्षित क्षेत्रमा आश्रय लिन निर्देशन दिएको उत्तरकाशीका प्रहरी उपरीक्षक जगतराम जोशीले जनाए । मौसम विभागले २० जुलाईसम्म कुमाउ र गढवालमा अपेक्षाकृत बढी वषर्ाको अनुमान गरेको छ । यसकै आधारमा सरकारले संवेदनशील स्थानको हकमा अलर्ट जारी गरेको हो । बीबीसी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com