चुके दम्पतीद्वारा चेपाब केन्द्रलाई सहयोग I

रत्ननगर १९ असार ,

चितवनका सफल व्यवसायी दिनेश कुमार चुके र उहाँकी धर्मपत्नी सन्ध्या लक्ष्मी चुकेले गामवेसीको चेपाब संरक्षण केन्द्रका आश्रित चेपाब वालवालिकाका लागि खाद्यान्न सहयोग गरेका छन । चुके दम्पतीले समाजिक उत्तरदायित्व अन्र्तगत खाद्यान्न सहयोग गरेका हुन ।

चुके दम्पती केन्द्रमै पुगेर एक कार्यक्रमको आयोजना गरी वालवालिकालाई खाजा खुवाउनुको साथै चामल,तेल,आलु प्याज,सोइविन तथा स्टेशनरी सामाग्री केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको प्रमुख अतिथि र हनुभएको सो कार्यक्रममा,पोल्ट्री व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रमान श्रेष्ठ,जग्गा व्यवसायी लेखराज पन्त(हरि),हंश बहुउध्ये स्यिय सहकारी संस्थाकी राधा लामिछाने,विद्यार्थी सर्मिला चेपाब,पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा,प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा लगायतले वो ल्नुभएको थियो ।

कार्यक्रम दिनेश कुमार चुके र सन्ध्या लक्ष्मी चुकेको अध्यक्षतामा भएको थियो । केन्द्रमा चितवन र मकवानपुरका ७० जना चेपाब वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com