वृक्षारोपण सम्बन्धि युवाहरुबीच छलफल I

 मादी आषाढ १८,

सोर्ज खनाल : युवा सुचना केन्द्र माडीको आयोजनामा वृक्षारोपण सम्बन्धि युवाहरुबीचको एक छलफल कार्यक्रम बघौडा मध्यवर्ति उपभोक्ता समितीको सभाहलमा सम्पन्न भएको छ ।

राम्रो माडी हरियाली माडी बनाउने उद्धेश्यले गर्दी , कल्याणपुर र बघौडा गाविसमा युवाहरुको सक्रियतामा असार मसान्त भित्रमा वृक्षारोपण कार्यक्रम गर्ने सो भेलाले निर्णय गरेको छ ।

साथै विद्यालय पढ्न छाडेका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम छिटै संचालन गर्ने निर्णय गरिएको छ । कार्यक्रम युवा सुचना केन्द्र माडी कि अध्यक्ष रेनुका भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com