कविता " बन्नु ज्ञानी " By, निशा खनाल अर्याल



कविता " बन्नु ज्ञानी  "

गित प्रीत भाव वन्छन् ,त्यस्मै घुम्छ छायाँ
मर्दा पनि भुलिदैन ,गाडिएको मायाँ ।

पहाडका काला प्यारा, तराईका गोरा
मनमा बस्छ राज गर्दै ,त्यो हसिलो छोरा ।

हाँसी दिन्छ झल्काउदै, मोति जस्ता दन्त,
उस्लाई नै मम्मा देख्छु ,कोहि छैन अन्त ।
...
सानो ठुलो युवा वुढा, शिक्षित र अज्ञानी
धनि गरिव मतलब छैन, झरनाको पानी ।

तिर्खा लाग्यो अंजुलीले ,पीए घट्ट घट्ट
मेटिदैन पापी प्यास ,फुट्ने होकि पट्ट ।

धर्ती भित्र लुकाएको ,शौन्दर्यको खानी
पट्टफुटि निस्कियो की ,फुलजस्तै बानी।

बदमास भन्दा मन परेन कि? भन्छु अव नानी
ठुलोको सम्मान गरि राख्नु ,बन्नु शुशील ज्ञानी ।

निशा खनाल अर्याल
इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com