लघुकथा -"पाठ" - आचार्य प्रभा I


लघुकथा -"पाठ"

महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो ।

एक महिला - "त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको" ?

दोश्री महिला- "उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ" !!!

तेश्री महिला - "साथी हो!आज मलाई यो लुगाले भद्दा त देखिएको छैन" ?

चौथी महिला - "आहा!सबैभन्दा आज त रमिला पो च्वांक देखिएकी छ त"!

यत्तिकैमा आव्हान भयो ल!सबै दिदीबहिनीहरुले आ-आफ्नो बिचार आजको बिषयमा छलफल गर्ने ।

बिषय थियो "गाउँका महिलाहरुलाई कसरी स्वावलम्बी बनाउने?"

सबै हत्तार हत्तार आ-आफ्नो ठाउँमा मुखामुख गर्दै बसे।

एउटीले सानो स्वरमा फुस्फुसाइे । "ज-जस्ले स्वावलम्बनको पाठ सिकेको नै छैन उनिहरुले गाउँका महिलाहरुलाई के भनेर सिकाउने"? बरु हामी नै यहाँ सम्मेलन र भेला गरेर बस्नु भन्दा एकपटक गाउँकै जिन्दगी भोगेर पाठ सिक्न जरुरी छ । "  

रचना - जुलाइे - १०-२०१४
आचार्य प्रभा
अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com