लक्ष्मी प्रतिस्ठानद्वारा संचालित एउटा बिशेष परियोजना को नाम हो "कान्दा रुपान्तरण अभियान". यो कार्यक्रम चितवन जिल्लाको लोथर गा.वि.स स्थित कान्दा भन्ने ठाँउमा बसोबास गर्दै आएका सिमान्तकृत चेपाङ समुदायको रुपान्तरणका लागि समुदायलाई अभिप्ररीत गरी आफ्ना लागि आफैले केहि गर्नुपर्छ भन्ने मान्यता अनुसार सुरु गरिएको छ ।
कार्यक्रममा समुदायलाई रुपान्तरण गर्न आवश्यक सम्पूर्ण बिषयहरु, जस्तै शिक्षा, स्वास्थ्य, रोजगार, बसोबास देखी व्यवसाय समेत सबैलाई समेटीएको छ । परियोजना अबधिभरमानै यिनिहरुलाई माथि उल्लेखीत सबै बिषयमा पहँच गराईनेछ । देशकै सम्मुनत जिल्ला भनेर चिनिने चितवन जिल्लाको अति विपन्न वर्ग बसोबास गरिरेहेका र आजको समयमा पनि सोह्रौं शताब्दीमा झै घरबार को अभाबमा ओडारमा बस्ने, बस्त्रको अभाबमा नग्न तथा अर्ध नग्न अबस्थामा बस्ने , खानको अभावमा गिठ्का भ्याकुरमा निर्भर हुदै आएका वर्गलाई समेटी उनीहरुले गर्न सक्ने काम पहिचान गरी उनीहरुलाईनै सिप प्रदान गरी परिचालन भईरहेको छ.।
अभियानकालागी आवश्यक आर्थिक सहायता को व्यवस्थापन लक्ष्मी प्रतिष्ठान काठमाण्डौंले गरि रहेको छ। परियोजनास्थलको कार्यन्वयन र संचालनमा सहकार्य भने प्रतिष्ठान लगायत मितेरी फाउण्डेशन् चितवन, र चेपाङ समुदाय समेतको सहकार्यमा गरिदैं आएको छ । यो कार्यक्रमकालागी प्रयोग गरिएको आर्थिक संकलनको विधि पनि अतिनै विशिष्ठ छ । जुन नेपालका लागि नेपालीले नै गर्नुपर्छ भन्ने मान्यता अनुसार गरिएको छ । यो परियोजना भरी लाग्ने आर्थिक रकम विश्वभर फैलिएर बसेका नेपालीहरुबाट नै संकलन भईरहेको छ ।
३ बर्षमा र करीब २ करोडको हाराहारीमा सम्पन्न हुने यो योजनाबाट भोलिका दिन कसैले पनि ऋण भार झेल्नु पर्ने छैन। यसको अर्को उत्कृष्ट पक्ष भनेको समुदायका लागि समुदायलाई नै परिचालन गरी अगाडी बडाईएकाले परिणाम अत्यन्तै उत्साहप्रद हुनेछ । कार्यक्रमले अहिले सम्म गाँस,बाँस,कपास जस्ता आधारभूत आवश्यकता बाट समेत बन्चीत चेपाङहरुकालागी बर्षमा आधा समय जंगलमा गिठ्ठा,भ्याकुर र सिस्नु आदि खोजेर दिनहरु बिताउनु पर्ने बाध्यता हटाउने छ भने भोलीका दिन उनीहरुलेनै अन्य क्षेत्रका बासिन्दाहरुलाई समेत आत्मनिर्भरता पछिको समुन्नतिको शन्देस दिन सफल हुने छन ।
समयको अन्तराल संगै आफ्नो रुपान्तरण पछी उनीहरु अगाडी बढी जानेको कला , सिप र ज्ञान अरुलाई पनि उपलब्ध गराई सहयोग समेत सहयोग गर्न सक्नेछन । लक्ष्मी प्रतिस्ठानद्वारा देश भित्रको अथाह श्रोतलाई सम्म मध्येनजर गरी "ओडार देखी ।