कविता "पुगीरहोश यसैगरी" By, निशा खनाल अर्याल



मुटु ढुक्क ढुक्क गरो उनैलाई सम्झे
कुतकुति लागे जस्तो मनै देखि तर्से
पोखियो की तरंगको झोका उनको छेउ
दंग परे किन कुन्नी हो नपाएर भेउ ,

क्षितीजको पर्दा च्याती चियाएर देखे
हाँसी हाँसी पीरतीको गाथा मैले लेखेँ
कहाँ कहाँ भयो हाम्रो मिलन दिव्य शृष्टि
सधै भरी पुगिरहोस ईश्वर को दृष्टि

उन्कै याद किन आउने ? अरु के के भए?
थाहा छैन सत्ते सत्ते हराएर गए
हासी रहने दिल भित्र कहिले हराउदैन
उनि भन्दा प्यारो कतै संसार मै छैन ।

निशा खनाल अर्याल
इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com