मनको गीत :By, दाजु गुरुङ


मनको गीत :

पिउन पनि गाह्रो भयो मात लागेसी
जिउन पनि साह्रो भयो वात लागेसी ।

हिड्दा हिड्दै साँझ पर्यो तिम्रो सहरमा
जिन्दगीलाई पिउन खोजे मनको रहरमा
सहर पनि विरान् भयो एक्लै भएसी
रहर पनि चिसान् भयो घात गरेसी

लाली गुँरास सधै फुल्थ्यो उनको अधरमा
विहानीको आशा खुल्थ्यो उनको नजरमा
नजर पनि अन्तै मोड्यो जहर घोलेसी
पाइला पनि अन्तै सर्यो अभर परेसी ।

पिउन पनि गाह्रो भयो मात लागेसी
जिउन पनि साह्रो भयो वात लागेसी ।

दाजु गुरुङ , हङकङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com