गजल : By, मानन्धर अभागी


गजल :

के ल्याउँछु भनि गाको आफ्नै लाश बोकी आएछ
बाकसमा पोका परी अविश्वास बोकी आएछ

ठूलो सपना बोकेर धन कमाउन गएको
सास जति उतै छोडी कस्तो आस बोकी आएछ

विदेशबाट कोशेली ल्यायो भन्ठानेको थिएँ
कस्तो – कस्तो चकित आभाष बोकी आएछ

खुशी छाउन सकेन दुःखमाथि दुःख थोप¥यो
खुशी न भै आँशुहरू ठूलो गाँस बोकी आएछ

जिन्दगी बनाउन गा को जिन्दगी नै गुमाएर
 दुईथुङ्गा फूलसँगै त्यो लाभाँश बोकी आएछ ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com