गजल : By, गोबिन्द प्र तिवारी
आफै देखि आफैलाई, ढाट्न सक्छौ कतिन्जेल
आँसु मात्रै बगाएर, बाँच्न सक्छौ कतिन्जेल
मुटुभरी चोटैचोटको, खातै खात संगालेर
देखावटी बाहिरी हासो, हाँस्न सक्छौ कतिन्जेल
आँसु छेकी परेलीमा, सजाएर तस्बिर त्यो
नानी भित्र लुकाएर, राख्न सक्छौ कतिन्जेल
धड्कनमा धड्काएर, ढुकढुकीमा बसाएर
मायाको त्यो आयतन, नाप्न सक्छौ कतिन्जेल
संसारलाइ बिर्सिएर, काखी च्यापी "गोबिन्द"लाइ
जिन्दगीको रथ तिमी, हाँक्न सक्छौ कतिन्जेल
गोबिन्द प्र तिवारी
दमकनगरपालीका-१५, झापा नेपाल
जन्मस्थान: जुरोपानी-२, भुडेसिमल
हाल : आबुधाबी यु ए ई