गीत : by, जेबी राई "रुमानी"


जेबी राई "रुमानी"
नेपाल, हाल: मलेशिया।

मन मात्त्र तन्नेरी बैँस जति रित्तिएछ 
आँखा मात्र इन्द्रेणी रङ्ग जति सिद्धिएछ ।

ढकमक फूल देख्दा चुमुँ भन्छ त्यै फूल 
आकासको जून देख्दा टिपुँ भन्छ त्यै जून 
आस मात्र मुहार मुजैमुजा छिप्पिएछ 
मन मात्र तन्नेरी बैँस जति रित्तिएछ ।।

जति अघि बढुँ भन्छु पछि सर्छ पाइला
दायाँबायाँ बिरहले सुसाउँछ काइदा
छायाँ मात्र रहर जिन्दगानी चिप्लिएछ
मन मात्र तन्नेरी बैँस जति रित्तिएछ ।।।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com