अमेरिकामा को–कोलाई भेटे प्रधानमन्त्री​ले ?

भर्जिनिया न्यूयोर्क, २ साउन 

विजय थापा: स्वास्थ्य उपचारका लागि अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले न्यूयोर्कमा नेपाली समुदायसँग भेटवार्ता गर्नुभएको छ । 

अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका लागि नेपाली अवैतानिक महावाणिज्यदूत प्रेमराजा महतको नेतृत्वमा गएको प्रतिनिधि टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो । भेटमा एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष खगेन्द्र क्षेत्री र वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी पनि सहभागी हुनुहुन्थ्यो । भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुको नागरिकताको निरन्तरताका सन्दर्भमा छलफल भएको महावाणिज्यदूत महतले जानकारी दिनुभयो । 

एनआरएन ​वरिष्ठ ​उपाध्यक्ष एवं अमेरिकाका व्यवसायी तिवारीले नेपालको विकासका लागि योगदान पु¥याउनका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा समेत छलफल भएको थियो । जवाफमा प्रधानमन्त्री कोइरालाले आफू पूर्ण रुपमा स्वस्थ भएको भन्दै देशमा फर्किएर पूर्ववत अवस्थामा काम गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो । 

महावाणिज्यदूत महत, एनआरएन अमेरिकाका अध्यक्ष क्षत्री र वरिष्ठ उपाध्यक्ष तिवारीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । न्यूयोर्कमा रहँदा पनि प्रधानमन्त्री कोइरालाले नेपाली समुदायसँग भेट र अन्तरक्रिया गर्दै आउनुभएको छ । प्रधानमन्त्री कोइराला सोमबार न्यूयोर्कबाट स्वदेश फर्कदैँ हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com