इजरायलमा नेपाल मुक्तक प्रतिष्ठानको शाखा गठन ।

तेल अभिव श्रावन २,

नेपाली साहित्यमा मुक्तक विधाको विकास र विस्तारमा समर्पित नेपाल मुक्तक प्रतिष्ठानले विदेशमा समेत शाखा खोल्ने नीति अनुरुप इजरायलमा रहेका मुक्तकारहरूले जुलाई १४ र १६ तारिख अनलाईन भेला गरी सुचित्रा खनियाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । 

शाखाको उपाध्यक्षमा सुरेन्द्र प्रर्साई, सचिवमा श्रीराम अधिकारी र कोषाध्यक्षमा समा श्री रहनु भएको छ । त्यसैगरी सदस्यहरूमा सुनीता र्राई, बी.जे व्रि्रोही र्राई, कल्पना पौडेल जिज्ञासु,देबी सुबेदी. बसु श्रेष्ठ विबसी, शान्ता खवास, सावित्रा लर्ुर्ँइटेल चयन हुनु भएको छ । भेलाले अम्विका अनमोल याम्फु र कृष्णकला वनेमलाई साधारण सदस्यमा मनोनयन गरेको छ । 

प्रतिष्ठानको केन्द्रले साधारण सभाका लागि मिति तोकेपछि इजरायलमा रहनु भएका सम्पूर्ण मुक्तकारहरूलाई समेत समेटिने छ । अनलाईन भेलाले हरेक १५ / १५ दिनमा बैठक बस्ने र शाखाका गतिविधिलाई तीब्र बनाउँदै जानेछ भने इजरायललाई कर्मथलो बनाई मुक्तक लेखनमा लागिपर्नु भएका मुक्तककारहरूका प्रतिनिधि मुक्तकहरूको संयुक्त संग्रह प्रकाशन गरिने जानकारी शाखाका सचिव श्रीराम अधिकारीले दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com