दाइजोका कारणले कुनै महिलालाई मात्र दुःख दिदैंन, उनका माइतीमा रहेका अभिभावकले समेत पीडा, तनाव र दुःख झेल्नुपर्छ । यो साता हामी दाइजोका कारण महिला र तिनका घर परिवारले भोग्नुपर्ने तनाव, पीडा र हिंसाको अन्त कहिले र कसरी हुन्छ भनी बहस गर्दैछौं । यो बहसका लागि हामी हाम्रा नयाँ प्रस्तोता विद्या चापागाईंका साथमा जनकपुर पुगेका छौं । यो बहसमा सहभागीहरुका बीचमा वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछाने, पूर्व स्थानीय विकास मन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता रामचन्द्र झा र सामाजिक कार्यकर्ता श्यामकुमारी शाह हुनुहुन्छ ।
कार्यक्रम साझा सवाल, भाग-347: Dowry based Violence