व्यक्तिगत रिसइवीका कारण अस्पतालमै आक्रमण गरि हत्या I

हार्बीन (चीन)

उत्तरपूर्वी चीनको हेइलोङ्गजीआङ्ग प्रान्तमा अवस्थित अस्पतालमा एक पुरुषले गरेको आक्रमणमा एक महिलाको मृत्यु भएको समाचार छ । आक्रमणमा संलग्न ती पुरुषलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

जिआमुसी मेटरनल एन्ड चाइल्ड हेल्थ हस्पिटलमा व्यक्तिगत रिसइवीका कारण सो आक्रमण भएको बताइएको छ । चीनको जिआमुसी महानगर सरकारले सो बारेमा जानकारी दिएको हो । चीनमा यसरी अस्पतालमा समय समयमा आक्रमण हुने गरेको पाइन्छ । आक्रमणमा संलग्न व्यक्तिले आफ्नी १५ वर्षीया केटीसाथीकी आमाको हत्या गरेको हो ।

केटी साथीकी आमाले ती केटीको गर्भपतनका लागि अस्पताल लगेकोमा उसले रिसको झोकमा आफ्नी केटी साथीको आमाको हत्या गरेको बताइएको छ । सो आक्रमणमा अस्पतालकी एकजना नर्सपनि गम्भीर रुपमा घाइते भएको जनाइएको छ । आक्रमणको विस्तृत विवरणको लागि अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । रासस /सिन्ह्वा:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com