२४ सैँ घण्टा उपचार सेवा सँगै बिरामीको चाप बढ्यो I

काठमाडौँआषाढ ११,

काठमाडौँ दक्षिण भेगस्थित चाल्नाखेल प्राथमिक स्वास्थ्यचौकीले २४ सैँ घण्टा उपचार सेवा प्रवाह गरेसँगै बिरामीको चाप दिन प्रतिदिन बढ्न थालेको छ । 

चाल्नाखेल–९ मा सञ्चालित स्वास्थ्यचौकीले सर्वसाधारणको बढ्दो मागसँगै २४ सँै घण्टाको उपचार सेवा सञ्चालनमा ल्याएपछि अस्पतालको सेवा लिनेको क्रम दिनप्रतिदिन बढिरहेको हो । आगामी दिनमा १५ श्ययाको अस्पतालका रुपमा परिणत गर्ने लक्ष्य राखिएको स्वास्थ्यचौकीमा हाल दैनिक ६० देखि ९० जनासम्मको सङ्ख्यामा बिरामी आउन थालेको स्वास्थ्यचौकी सञ्चालक समितिका सदस्य राजेश परियारले जानकारी गराए । 

उनका अनुसार काठमाडौँको बल्खुबाट फर्पिङ हुँदै मकवानपुरको हेटाँैडासम्म नियमित रुपमा यातायात सेवा सञ्चालन हुन थालेसँगै सुविधा सम्पन्न अस्पताल अपरिहार्य आवश्यक रुपमा देखिएको छ । हाल १३ रोपनी सात आना क्षेत्रफलमा फैलिएको स्वास्थ्यचौकीमा १५ श्ययाको अस्पताल निर्माणका लागि करिब रु चार करोडको लागतमा भवनसमेत निर्माण सुरु गरिसकेको छ ।रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com