८५ वर्षको उमेरमा एसएलसी पास गर्ने राइटरबाजेको निधन I

 काँगेल आषाढ १०,

काँगेल–८ सोलुखुम्बु निवासी राइटरबाजेको नामले चिनिने बलबहादुर कार्की जीवनज्योति उच्चमावि नेलेमा कक्षा १० मा भर्ना भई विसं २०५७ को एसएलसी परीक्षामा सहभागी भएका थिए । एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरेका उनको ९ असार राति निधन भएको हो ।

ब्रिटिस सैनिकका तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी भएका कार्कीले काँगेल विमानस्थलका लागि करिब १५० रोपनी जग्गा प्रदान गरेका थिए । दुई छोरा, चार छोरी, १८ नातिनातिना र ११ जना पनाति–पनातिना भएका कार्कीको आफ्नै निवास काँगेलमा निधन भएको हो । (हिमाल खबर बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com