समयमा अस्पताल पुग्न नसक्दा सुत्केरीको बाटैमा मृत्यु I

भोजपुर जेष्ठ ३१,

समयमा उपचार नपाएपछि भोजपुरको सानोदुङमा गाविसकी एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला अस्पतालको सिफारिसमा विराटनगरतर्फ लैजाँदा शुक्रबार बिहान बाटैमा मृत्यु भएको हो । 

जिल्लाको सुदुरपूर्व सानोदुङमा गाविस-१ सुप्लाकी १८ वर्षीया सृजना परियारले बच्चा जन्माउन नसकेर ज्यान गुमाएकी हुन् । गाउँबाट अस्पताल ल्याइपुर्‍याउदा बच्चा पेटमै मरि सकेकोले गम्भिर प्रकृतिको शल्यक्रिया गर्नुपर्ने भएपछि अन्यत्र सिफारिस गरिएको जिल्ला अस्पतालका डा.राजन थापाले बताए । 

एम्बुलेन्सबाट कोशी अञ्चल अस्पताल विराटनगरतर्फ लैजाँदा भोजपुर-लेगुवा सडकको भैंसिपङ्खामा सुत्केरीको मृत्यु भएको हो । मृतकको पति रोशन परियारले शल्यक्रियाको लागि जोखिम सम्झौता पत्रमा हस्ताक्षर नगरेपछि चिकित्सकले समेत जोखिम नलिएको डा.थापाले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com