महिला जन्मेदेखि नै स्वतन्त्र छैन। छोरी हुँदा बाबा, दाजुभाइमा निर्भर हुनुपर्छ, बिहे भइसकेपछि पतिमा निर्भर हुनुपर्छ, चाहे ऊ कामै किन नगरोस्, दुई-चार पैसा किन नकमाओस् तर उसले घरको मात्रै नभएर आफ्नो निजी जिन्दगीको पनि स्वयं निर्णय लिन सक्दिनँ अर्थात् उसलाई निर्णय लिने अधिकार हुँदैन।
घरका दुवैजना पतिपत्नी कार्यालयमा काम गर्छन्, तर उनीहरूको दैनिक जीवन आखिर किन एउटै हुन सक्दैन, दुवैलाई हेर्ने समाजको आँखा आखिर किन समान हुन सक्दैन? पति अबेरसम्म सुत्छन्, उठ्नेबित्तिकै उसलाई चियासँगै हातमा पत्रिका र रिमोर्ट चाहिन्छ भने पत्नी खाना पकाउन, छोराछोरीका लागि नास्ता तयार गर्न, उनीहरूलाई विद्यालय पठाउनका लागि खट्नुपर्छ। खानासँगै खाए पनि पति कार्यालयका लागि तयार हुन थाल्छन् भने पत्नी भाँडा माझेर मात्रै निस्कनुपर्छ। दिनभर कार्यालयमा काम आखिर दुवैले गरेका हुन्छन् तर साँझ घर फर्केपछिको घर तथा बच्चाबच्चीको जिम्मेवारी महिलाले नै लिनुपर्छ।
महिलाले के गर्न सक्दैनन्? आफ्ना लागि आवश्यक सामग्री आफैं जुटाउन किन सक्दैनन्? कमजोरी स्वयं महिलाको हो। हरेक महिलालाई पंक्तिकार आग्रह गर्छ- पतिले दया गरेर दिएको उपहार, गहना र एक टुक्रा जमिनभन्दा बढी खुसी र आनन्द मेहनतका साथ आफैंले कमाएर किनेको एक किलो तरकारीबाट आउँछ। महिलाले अरूबाट दयाको भीख मागिरहनु हुन्न। ३३ प्रतिशत आरक्षण र सवारीसाधनमा महिला सिट खोजेर हिँड्नुभन्दा दक्षता र क्षमता उपयोग गरी आफैं प्रतिस्पर्धामा उत्रेर सफल हुने हो भने समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनेछ।
महिलाको लडाइँ आरक्षण वृद्धि तथा अतिरिक्त सुविधाका लागि होइन, रोजगार र पैत्रिक सम्पत्तिमा समान अधिकारका लागि केन्द्रित हुनुपर्छ।
विद्यमान समाज महिलालाई अतिरिक्त सेवा, सुरक्षा र आरक्षणको नाउँमा झनै कमजोर बनाउँदैछ। शब्दकोषमा यस्ता शब्द छन्, जसको पुलिंग शब्द छैन। सती, अर्धांगिनी, पतिव्रता, पतिताजस्ता कैयन् शब्द महिलाका लागि मात्रै प्रयोग भएका छन्। यसको अर्थ महिलालाई केवल पति र परिवारका खुसीका लागि मात्रै बाँच्ने अधिकार छ, आफ्नो खुसीका लागि बाँच्ने अधिकार छैन। पत्नी पतिको आधा अंग हो भने पति पत्नीको किन हुँदैन? पत्नी पतिव्रता हुनुपर्छ भने पति पत्नीव्रता किन हुनु पर्दैन? पत्नी परपुरुषसँग सम्बन्ध राख्दा पतिता हुन्छे भने पति परस्त्रीसँग सम्बन्ध राख्दा किन पतित हुँदैन? पत्नीको मृत्युपछि पुरुषको विवाह गर्न समाज अघि बढ्छ भने पतिको मृत्यु भयो भने विधवाको विवाहको कुरा किन समाजले सोच्न पनि सक्दैन?
समाज र सरकारले महिलालाई अतिरिक्त सेवा, सुविधा, आरक्षण र माया दिएको छ। सेवा, सुविधा र आरक्षण त केवल महिलालाई अझ कमजोर बनाउने साधनमात्र हुन्। तसर्थ अब महिलाको परिभाषालाई तोड्ने समय भएको छ। त्यसका लागि आँखामा लगाउने चस्मा परिवर्तन गर्दैमा हेर्ने नजर परिर्वतन नभएजस्तै हेर्नका लागि चस्मा होइन, दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ।

महिलाले आफ्ना लागि ३३ बाट बढाएर ५० प्रतिशत आरक्षण माग्नुको सट्टा पैत्रिक सम्पत्तिमा समान अधिकार माग्नुपर्छ, आरक्षणको सट्टा दक्षता र क्षमताका आधारमा रोजगार माग्नुपर्छ र आफ्नो खुट्टामा आफैं खडा भएर आफ्ना लागि आफैं लड्नुपर्छ र पहिचान बनाउनुपर्छ। अरूका भरमा बाँचेको जिन्दगी र आफैंबाँचेको जिन्दगीको फरक महसुस गरी घरसँगै राज्यको समेत निर्णय लिने निकायसम्म पु:याउन आफैं सक्षम बन्नैपर्छ। तसर्थ महिलाको लडाइँ आरक्षण वृद्धि तथा अतिरिक्त सुविधाका लागि होइन, रोजगार र पैत्रिक सम्पत्तिमा समान अधिकारका लागि केन्द्रित हुनुपर्छ।
(गङ्गा बस्याल-अन्नपुर्ण)