एचआईभी संक्रमितको छुट्टै विद्यालय I

कीर्तिपुर जेष्ठ २५,

तीन वर्षअगाडि मलाई उद्धार नगरिएको भए अहिले यसरी स्वस्थ भई खुसीका साथ कार्यक्रममा मन्तव्य दिन सक्ने थिइन । बुबा आमाको एचआईभी रोगले मृत्यु भएकाले मेरो कुपोषणले पेट फुलेर ठूलो भइसकेको थियो ।’ नेपालको पहिलो एचआईभी एड्स सङ्क्रमित बालबालिका पढ्ने पहिलो विद्यालय सफलता एचआईभी एड्स शिक्षा सदनको भवन उदघाटन कार्यक्रममा शनिबार स्वागत मन्तव्य दिने क्रममा १४ वर्षका एचआईभी सङ्क्रमित किशोरीले आफ्नो कथा सुनाइन् ।

उक्त अवसरमा प्रमुख अतिथि पाइलट विजय लामाले विद्यालय भवन उद्घाटन गरे हो । जग्गा बाषिर्क पच्चीस हजारमा भाडामा लिई आठवटा बासको टहरा बनाइएको छ । यो विद्यालय भवन बनाउन लामाको महत्वपूर्ण योगदान पुर्‍याएका थिए । कार्यक्रममा बालबालिकाले एच.आई.भि एड्स कसरी सर्छ भन्ने बारेमा नाटक प्रस्तुत गरेका थिए भने एच.आई.भि एड्स सङ्क्रमित किशोरीले ‘के पुजा गर्छौ के मन्दिरमा गई’  भन्ने बोलको गीत र अर्की किशोरीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

शिक्षा सदनमा तीन देखि चौघ वर्षमुनिका एच.आई.भि सङ्क्रमित २१ जना बालबालिका पढ्छन  छन् । उनीहरूमध्ये बैतडीबाट १ , दाङबाट १० , सल्यानबाट ३ , कैलालीबाट ३ , सुर्खेतबाट २ , रोल्पाबाट १  र बर्दियाबाट १ जना ल्याइएको हो । विद्यालयमा कक्षा ६ सम्मको पढाइ हुन्छ, शिक्षक सात जना, सहायक दुई जना रहेका छन् । टहरा बनाउनुअघि उनीहरु एउटै कोठामा खाने, बस्ने, सुत्ने र पाँच कक्षा सम्म पढाई हुने गरेको थियो  भने घर भाडा मासिक पच्चीस हजार तिरेर बसेका थिए ।

टहरा बनाउन ४ लाख खर्च भएको जानकारी संस्थाका संस्थापक अध्यक्ष्ा राजकुमार पुनले दिए । बालबालिकालाई गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यमा मासिक खर्च दुई लाख हुने गरेको छ । उनले भने,’ केन्दि्रय बाल उत्थान केन्द्रले वर्षेनि पचास हजार रुपैया सहयोग गर्दै आएको छ ।’  एच.आई.भि सङ्क्रमित बालबालिका बिचल्लीमा भन्ने समाचार पढेपछि काठमाडौँका उमा गुरुङ र राजकुमार पुन मिलि ती बालबालिकालाई ‘दाङ प्लस’ नामक संस्थाको सहयोगमा उद्धार गरि काठमाडौँ ल्याएका हुन् ।

सुरुमा उमा गुरुङको घरमा र पछि राजकुमार पुनको घरमा राखेर स्याहारसुसार गर्दै आएका थिए । रकम अपुग भएपछि अध्यक्ष राजकुमार पुन आफ्नो घर र उमा गुरुङले कस्मेटिक पसल बिक्रि गरि उनीहरुलाई पढाउदै आएका थिए । गुरुङले भनिन्,’ किर्तिपुरको कुनै पनि बिद्यालयले एचआईभी संक्रमित बालबालिकालाई भर्ना नलिए पछि आफ्नै विद्यालय बनाउनुपरेको हो ।’ उनले भने,’हालसम्म जिल्ला शिक्षा कार्यालय र किर्तिपुर नगरपालिकाले कुनै पनि सहयोग गरेका छैनन् ।( कान्तिपुर )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com