अनेसासको अध्यक्ष पदका लागी दुईजनाको उम्मेदवारी I

वाशिंगटन आषाढ १०,

बिजय थापा : वाशिंगटन डि. सी. - संसारको ७२ राष्ट्रमा रहेका नेपालीहरु सदस्य भएको एक मात्र संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितीको अध्यक्ष पदको लागी न्युयोर्ककी महिला साहित्यकार कमला प्रसाई र कोलोराडो राज्यका पदम बिश्वकर्मा दुई जनाले उम्मेदवारी दिएका छन्  

अनेसासको केन्द्रिय निर्बाचन आयोगका अनुसार संस्थाको आगामी २०१४-२०१६ को कार्यकालको लागि राधेश्याम लेकाली नेपाल ,वरिष्ठ उपाध्यक्ष ,राम खत्री न्यू योर्क⁄यु एस क्षेत्रीय उपाध्यक्ष, उत्तर अमेरिका⁄ल्याटिन अमेरिका,प्रकाश पौडेल ′′माइला″ जापान क्षेत्रीय उपाध्यक्ष, एसिया ,सुमलकुमार गुरूंग ,यु के क्षेत्रीय उपाध्यक्ष, युरोप ,भीमसेन सापकोटा ,अष्ट्रेलिया ,क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया क्षेत्रीय उपाध्यक्ष, असेनिया र अफ्रिका ,गोवर्धन पूजा मासाचुसेट⁄यु एस महासचिव ,प्रकाश नेपाल भर्जिनिया⁄यु एस सचिव ,गीता पन्थ न्यू योर्क⁄यु एस कोषाध्यक्षमा उम्मेदवारी दिएको जनाएको छ  

अमेरिकाको कोलोराडोबासी पदम बिश्वकर्मा वर्तमान कार्यसमितीको बहालवाला महा-सचिब हुन् भने न्युयोर्कशहरकी कमला प्रसाईले तेश्रोपटक अधक्ष्य पदमा उम्मेदवारी दिएकी छिन् अघिल्ला दुई निर्वाचनमा अधक्ष्य पदमा निर्वाचित भएका उम्मेदवारहरु निस्पक्ष र पूर्ण प्रजातान्त्रिक प्रणालीबाट बिजयी नभएको दाबि गर्दै बुलन्द आवाज निकालेकी थिइन् भने यस पटक आफुलाई सबैले सहयोग गर्ने कुरामा विस्वस्त रहेको बताएकी छिन् पटक पटक निर्वाचनको पर्यवक्षकमा रहेको भएता पनि बिगतका निर्वाचनमा निक्कै दबाब आएको बताउदै यस पालि अनेसासको निर्वाचन हेर्न लायक हुने खेम भट्टचनले बताए

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com