एसएलसीमा मुनलाईटकी रचना विष्ट पूर्वी चितवन प्रथम I

चितवन ०७,

 असार पूर्वी चितवनको मुनलाईट इबलिस वोडिब स्कुलकी छात्रा रचना विष्ट २०७० सालको एसएलसी परीक्षामा छात्रा तर्फ पूर्वी चितवन प्रथम भएकी छन ।

विद्यालयले शुक्रवार आज पत्रकार सम्मेलन गरी विद्यार्थी विष्टले ८९.३७ प्रतिशत अंक ल्याई पूर्वी चितवन प्रथम भएको जानकारी दिएको छ । विद्यालयले पूर्वी चितवन प्रथम हुन सफल विष्टलाई सम्मान समेत गरेको थियो । विद्यार्थी विष्टले यो सफलता संगै चुनौती थपिएको भन्दै उहाँले विद्यालयको नाम उच्च राख्न आफु निरन्तर लागि पर्ने बताउनुभयो ।

सो कार्यक्रममा विद्यालयका निदे र् शक चित्रबहादुर रायमाझी,शिक्षक अभिभावक संघका अध्यक्ष लालुप्रसाद दाहाल,प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com