काठमाडौं
एमडी/एमएस गरेका ५६ चिकित्सक मेडिकल काउन्सिलले लिने विशेषज्ञ परीक्षामा फेल भएका छन् । विगतभन्दा फेल हुने क्रम बढेको छ । परीक्षामा शनिबार ३ सय २८ सहभागी थिए ।
स्नातकोत्तर गरेका विशेषज्ञ चिकित्सकले समेत विशेष परीक्षा पास गर्नुपर्ने व्यवस्था तीन वर्षअघि सुरु भएको हो । काउन्सिलका अनुसार फेल भएकाले एक वर्षभित्रै पुनःपरीक्षा दिएर पास नभए विशेषज्ञ चिकित्सकका रुपमा काम गर्न पाउने छैनन् ।
स्रोतका अनुसार ५६ जनामाध्ये २६ चीन, १४ फिलिपिन्स, १० पूर्वसोभियत संघ र ६ जना नेपालबाट स्नातकोत्तर गरेका हुन् । मुलुकमै बसेर केही डाक्टरले विशेषज्ञ चिकित्सकको प्रमाणपत्र ल्याउन थालेपछि यस्तो परीक्षा सुरु गरिएको हो । गत महिनासम्मको तथ्यांकअनुसार काउन्सिलमा ३ हजार ३ सय ५१ विशेषज्ञ चिकित्सक दर्ता छन् । (कान्तिपुरबाट)