मकवानपुर जेष्ठ ३१,
महिनावारी हुँदा विद्यालयमा अनुपस्थित हुने मकवानपुरका छात्राहरु अहिले सधै विद्यालय आउँछन् । विद्यालयमा छात्राहरुका लागि महिनावारी स्वच्छता कार्यक्रम संचालन गरेपछि छात्राहरु यसरी विद्यालयमा नियमित रुपमा आउन थालेका हुन् ।
छात्राहरु विद्यालय नियमित मात्र होइन महिनावारी स्वच्छताका बारेमा खुलेरैकुरा गर्न समेत थालेका छन् । छात्राहरुलाई महिनावारी पूर्वजन्मको पाप नभएर नियमित शारीरिक प्रक्रिया भएको कुरा बुझाउँनुका साथै महिनावारी हुदाँ गर्नुपर्ने सरसफाइ व्यवस्थापनमा प्रशिक्षित गराएपछि महिनावारीकै कारण विद्यालय नआउने समस्या हटेको राईगाउस्थित सूर्यमाविका प्रधानाध्यापक प्रेमबहादुर भोम्जनले बताए । गत वर्ष मकवानपुरका ५६ वटा विद्यालयमा महिनावारी स्वच्छता अभियान कार्यक्रम संचालन गरिएको थियो । राजधानी: