नेतृत्व विकास तालिम I

रत्ननगर ०५ ,

असार समाजका अगुवा कार्यकर्ताहरुको लागि नेतृत्व विकास तालिम आज र त्ननगरमा सम्पन्न भएको छ । लुमन्ती आवासका लागि सहयो ग समुहद्वारा गठित नेपाल सुकुम्वासी सुधार समिति रत्ननगरले आयोजना गरेको सो तालिमको रत्ननगर नगरपालिकाका कार्यकार ी अधिकृत सहदेव प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

तालिममा टोल विकास संस्था,सुकुम्वासी सुधार समिति,आकृति महिला बचत तथा ऋण स्हकारी संस्था र सहायता युवा क्लवका प्रतिनिधिहरु गरी २० जनाको सहभागिता रहेको लुमन्ती आवासका लागि सहयो ग समुहका कार्यक्षेत्र संयोजक ुिसंह बहादुर लामाले जानकार ी दिनुभयो ।

तालिममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष वावुराम गौतम,नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेल र उर्मिला पासवानले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम नेपाल सुकुम्वासी सुधार समिति र त्ननगरका अध्यक्ष फुलमान तामाबको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com