ए एन ए सम्मेलनको लागि डिसीमा मैत्रीपूर्ण भकुण्डो​ ​प्रतियोगिताको आयोजना I

भर्जिनिया आषाढ २,

विजय थापा : ३२ औ ए एन ए डिसी सम्मेलन खेलकुदको भब्य तयारी भै रहेको अवस्था र ब्राजिलमा भै रहेको बिश्व भकुण्डो ​ प्रतियोगिताको अवसरमा डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी फुटबल क्लबको आयोजनामा भर्जिनियाको आर्लिंगटनमा आज लगातार दुई बर्ष ए एन ए भकुण्डो प्रतियोगितामा बिजयी समुह बाल्टिमोर एथलेटिक क्लब तथा डिसी फुटबल क्लब बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।

 आज भएको मैत्रीपूर्ण खेलले दुई खेल टोली तथा खेलाडी बिच प्रगाढ सम्बन्ध स्थापना गर्न सकेको अनुभूति भएको चन्द्र लामाले बताए । बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको थियो भने डिसी फुटबल क्लब उप बिजेता हुन् पुगेको थियो । 

उक्त मैत्रीपूर्ण खेलले ए एन ए को समग्र खेलकुदलाई सहयोग पुर्याउने छ भनि चन्द्रलामाले बताए ।​ ​३२ औ ए एन ए डिसी सम्मेलनको तयारीको लागि आज बोलाईएको बैठकमा उक्त मैत्रीपूर्ण खेल बारे आयोजक समितिलाई जानकारी गराउदै खेलाडीहरु कत्तिको तयारीमा छन् भनि खेलको आयोजना गरेको बताईएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com