मिर्गौला पीडितको सहयोगार्थ कविता वाचन I

काठमाडौँजेष्ठ २९,

मिर्गौला पीडितको सहयोगार्थ हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले एकल कविता वाचन गरेका छन् । सिस्नुपानी नेपालले आज यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३१ गते शनिबार शिल्पी थियटर बत्तीसपुतलीमा मध्यान्ह १२ बजे एकल हास्यव्यङ्ग्य कविता वाचन गर्ने जानकारी गराएको हो ।

विगत लामो समयदेखि सामाजिक तथा राजनीतिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रस्तुति गर्दै तथा कविता लेख्दै आउनुभएका चट्याङ मास्टरको यो पहिलो एकल कार्यक्रम हो । उनले मिर्गौला रोगबाट पीडित असहायको सहयोगार्थ कार्यक्रम गर्न लागेको बताउँदै साहित्यमार्फत समाजसेवालाई निरन्तरता दिन लागेको बताए ।

सोही अवसरमा उनका छरिएर रहेका विभिन्न कवितालाई सङ्कलन गरी तयार पारिएको कृति चट्याङका उट्पट्याङसमेत सार्वजनिक गरिने बताइएको छ । सो कृति माणिकरत्न शाक्यले सम्पादन तथा सङ्कलन गरेका हुन् । शाक्यले यसअघि नै तीनजना मिर्गौला पीडितलाई रु तीस हजार सहयोग गरिसकेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com